बुटवल,
प्रतिक बचत तथा ऋण सहकारी बुटवलको सातौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैकका संचालक माधवलाल देवकोटाले सेयर सदस्यहरुको लगानी सुरक्षित गर्न र सहकारीलाइ भविष्यमा आइपर्ने जोखीमबाट बचाउनकालागि राष्ट्रिय सहकारी बैंकसंगको आवद्धता अपरिहार्य रहेको बताउनुभयो । सहकारीहरुलाइ सुशासनको बाटोमा अगाडी बढाउदै उत्पादन मुलक कार्यक्रममा सहभागी गराउन राष्ट्रिय सहकारी बैंकले महत्वपुर्ण भुमीका खेल्ने उहाले बताउनुभयो । सहकारीहरु नीति,विधि र प्रबिधिबाट संचालन हुनु पर्नेमा जोड दिदै देवकोटाले सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण भुसालको स्वागत र सचिव उमेश रेग्मीको संचालनमा भएको कार्यक्रममा सल्लाहकार कृष्ण न्यौपाने भिमसेन गौतम,गणेस पाण्डे,बिष्णु गौतम लगायतले बोलेका थिए । सो अवसरमा गत बर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये अनुराग पाण्डे र आस्मा रास्कोटीलाइ नगद सहित सम्मान गरीयो । शेयर सदस्य मध्येबाट जेष्ठ सदस्यहरु ७४ बर्षीय मायादेवि पौडेल र ७१ बर्षे धनीराम पोखरेललाइ कदर पत्रले सम्मान गरीयो । २०६८ सालमा स्थापना भएको सहकारीका २ सय ८५ शेयर सदस्य छन । हाल सम्म २ करोड १३ लाख ९ हजार निक्षेप संकलन भएको सहकारीमा शेयर पुँजी २७ लाख ४० हजार छ । साधारण सभाले चालु आर्थिक बर्षकालागि अनुमानित बजेट ३ करोड २५ लाख १५ हजार पारीत गरेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्