JanataToday.com

Advertisment

SKIP THIS

फुलबारी बचत तथा ऋण सहकारी सस्थाद्धारा एक महिने निशुल्क तालीमको संचालन

फुलबारी बचत तथा ऋण सहकारी सस्थाद्धारा एक महिने निशुल्क तालीमको संचालन

बुटवल,

फुलबारी बचत तथा ऋण सहकारी सस्थाले एक महिने निशुल्क तालीमको संचालन गरेको छ । सहकारीले आफ्नो सामाजीक उत्तरदायीत्व अन्तर्गत सिटिइभिटी लेभल १ को इलेक्टिसियन सहायक र अस्सिटेन्ट वेल्डर तालीमको सचालन गरेको हो ।
देशमा बढ्दो युवा बेरोजगारीलाई कम गराउन साथै युवाहरुमा सिपको बिकास गराई आर्थिक उपार्जनमा जोड्न बचतको पनि बिकास गराउने उद्धेश्य राख्दै तालीमको आयोजना गरिएको सहकारीका व्यवस्थापक नारायण भुषालले बताउनु भयो ।
बुटवल लगायत आसपास क्षेत्रका झण्डै १०० जना युवाहरुको लागी आयोजना गरिएको तालिमको फुलबारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चन्द्रमणी भण्डारी र कोरीया नेपाल इन्ष्च्यिुट अफ टेक्नोलोजी तामनगरका प्रमुख अच्यूत राज तिमल्सीनाले एक कार्यक्रमका बिच तालीमको उद्घाटन गनुभयो ।

कारीया नेपाल इन्ष्टिच्युटको सहयोग र सहकारीको आयोजामा संचालन गरिएको तालीमबाट सिप सिकेका युवाहरुलाइ स्थानीय स्तरमा स्वरोजगारका कार्य गर्नको लागी सहकारीले सहुलीयत दरमा कर्जा प्रवाह गरिने सो अवसरमा सहकारीका सचिव रोशन पाण्डेले जानकारी दिनु भयो ।
कोरीया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीका विभागीय प्रमुख किरण काफ्लेको स्वागत रहेको तालीमको समुद्घाट कार्यक्रमको संचालन प्रशिक्षक ध्रुब भुसालले गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij