JanataToday.com

Advertisment

SKIP THIS

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाटै मूल्य बढेर आएकाले आज रातिदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
उहाका अनुसार, पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९, डिजेल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । पछिल्ला केही दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेपछि नेपालमा पनि बढाइएको हो ।
अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएको छ । त्यहीअनुसार, इण्डियन आयल कर्पोरेसनले १ डिसेम्बर २०१९ मा बढेको मूल्यसूची पठाएकाले समायोजन गरिएको निगमका प्रवक्ता गोइतको भनाइ छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij