JanataToday.com

Advertisment

SKIP THIS

जेष्ठ नागरिकलाई आस्था सहकारीको सहयोग

जेष्ठ नागरिकलाई आस्था सहकारीको सहयोग

बुटवल ।
बुटवल उपमहानगरपालिका वडा नं. १३ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरेको छ । सहकारीको साधारणको सभाको अवसर पारेर संस्थालेआज बुटवल २ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई न्यायो कपडा स्वीटर, टोपी तथा ट्रयाकसुट वितरण गरिएको हो ।

Image may contain: 8 people, including Basanta Dhakal, people standing and indoor
संस्थाका अध्यक्ष बसन्तप्रसाद ढकाल र बुटवल उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष रमेश नेपालले बृद्धाश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठलाई १५ हजार रुपैंया बराबरको न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो ।

Image may contain: one or more people and people sitting
न्यानो कपडा वितरण गर्दै वडा अध्यक्ष नेपालले सहकारीले साधारण सभाको अवसरमा बृद्धबृद्धालाई सम्मान गरेर न्यानोकपडा प्रदान गरेकामा धन्यवाद दिँदै जाडो सुरु हुँनै लाग्दा प्रदान गरेको कपडा जेष्ठ नागरिककालागि पनि उपयोगी हुने बताउनु भयो ।
त्यस्तै सहकारी संस्थाका अध्यक्ष ढकालले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेर जेष्ठनागरिकको सम्मानकालागि न्यानो कपडा प्रदान गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले जाडो सुरु हुनै लाग्दा प्रदान गरिएको कपडा जेष्ठ नागरिककालागि पनि उपयोगि हुने विश्वास व्यक्त गर्नुभयो ।

Image may contain: 2 people, people standing, people sitting and indoor
आश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले जेष्ठ नागरिकलाई प्रदान गरिएको न्यानो कपडा ग्रहण गर्दै संघसंस्थाको सानो सानो सहयोगबाट नै आश्रम सञ्चालन भएको र संस्थाले जेष्ठ नागरिकलाई सम्झेर सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । सहकारीको उपाध्यक्ष तथा कार्यक्रम संयोजक शोभाखर पोखरेलको स्वागत तथा सदस्य मधुकला कुवँरको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीको यहि मंसिर २१ गते शनिबार वार्षिक साधारण सभा हुँदैछ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij