काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ । उहाले ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध समेत गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घटना दुखद भएको भन्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्