JanataToday.com

Advertisment

SKIP THIS

औद्योगिक व्यापार मेला :बिक्रि भएको प्रत्येक टिकटबाट डेढ रुपैंया सामाजिक क्षेत्रमा खर्च गरिने

औद्योगिक व्यापार मेला :बिक्रि भएको प्रत्येक टिकटबाट डेढ रुपैंया सामाजिक क्षेत्रमा खर्च गरिने

Print

बुटवल, १८ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणकाले ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा बिक्रि भएको प्रत्येक टिकटबाट १ रुपैंया ५० पैसा सामाजिक योगदान योगदान गर्ने भएको छ । मेलामा बिक्रि भएको टिकटबाट शिक्षा र स्वास्थ्य तथा ५० पैसा पर्यटन प्रवद्र्धन र खेलकुँदको बिकासकालागि छुट्याईएको बुटवल उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा मेला कार्यसम्पादन समिमितका सहसंयोजक उज्जल कसजुले जानकारी दिनुभयो ।
आगामी पुसको ९ गतेदेखि सञ्चालन हुने १५ दिने मेलामा प्रवेशकालागि ६० रुपैंया टिकट निर्धारण गरिएको छ । त्यस्तै परिचय पत्रका आधारमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यबस्था मिलाईएको प्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी दिनुभयो । पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्टल राखिने र ८ देखि १० लाख रुपैंयाँ दर्शक भित्र्याउने लक्ष्य लिईएको छ ।
मेलाकालागि ५० प्रतिशत स्टल बुकिङ् भईसकेको तथा धमाधम स्टल बुकिङ्को काम भईरहेको स्टल व्यबस्थापन उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य अनुपमान सैंजुले बताउनु भयो ।
मेलालाई आकर्षक बनाउनकालागि आधुनिक मोडलको स्टेज तथा संघको सचिवालयको आकृतिमा मेला सचिवालय निर्माणको काम सुरु भएको छ । त्यस्तै पर्यटन प्रर्वद्धनकालागि यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय क्षेत्र ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा प्रवेशद्वार निर्माण गरिने स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा गार्मेन्ट ७६, होटल तथा रेष्टुरेन्ट २५, मदिराजन्य ५, पपकर्न, पिनटस्, आईक्रिमका ५, अटोमोवाई १८, ई–रिक्सा तथा ई–साईकल सोरुमका ५, ईलोक्ट्रोनिक तथा आईटीका ४०, फर्म तथा कर्पोरेट हाउसका २०, जुत्ता चप्पल ३८, स्टेशनरी तथा खेलकुँदका ९, बैंक तथा बित्तिय संस्था ५, फर्निसिङ, किचन तथा प्लाष्टिकका ३६, शैक्षिक संस्था २, एनजिओ आईएनजिओ ३, साना हस्तकलाका १०, नीजि स्वास्सवास्थ्य संस्था २, घरजग्गा कारोवार कम्पनीका १, मेडिकल कलेजको १, कस्मेटिक लगायतका २०, पस्मिना तथा ढाका ५ लगायतका ५० सय स्टल राखिने मेला सचिवालयले जनाएको छ ।
मेलालाई व्यबस्थित बनाउनकालागि संघका परामर्शदाताहरुले परामर्श प्रदान गरेका छन् । परामर्शदाताहरुले मेला आयोजक उद्योग बाणिज्य संघ मात्रै नभएर मेलामा सहभागि हुने स्टल धनीहरुलाई समेत सहज हनेगरी कानुन सम्मत रुपमा गर्न र गराउनकालागि सुझाव दिनुभएको हो । परामर्श दाताहरुले आफ्नो आफ्नो विषयमा मेलामा गर्नुपर्ने व्यबस्थापनका बिषयमा परामर्श प्रदान गर्नुभएको हो ।
परामर्श दाताहरुले दिएको परामर्श र गर्नुपर्ने तयारीका कामहरु सोही अनुसार अंगाडी बढीरहेको र बाँकी काम पनि नियमसंगत रुपमा नै अंगाडी बढाउने संघका कार्यवाहक अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुले बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij