पाल्पाको चौबिसमाइलमा भएको जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलमा बिरामी छाडेर फर्किदै गरेको जीप बिहिबार बिहानै ३ बजेतिर दुर्घटनामा परेको हो ।
लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हु“दा रैनादेवी छहरा गाउपालिका–५, मुझुङका चालक २५ वर्षीय दिलीप बम्रेल र सोही जिपका सहचालक रैनादेवी छहरा–४, मेहलढापका २४ वर्षीय कृष्ण कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिब्दीकोट –८, फेक पेलाबास नम्बरमा गएको जिप बेलुकी स्थानीय दुई जनाबिरामीलाई प्रादेशिक अस्पतालमा छाडेर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त जिप भीरबाट झण्डै ५ सय मिटर तल तिनाउ खोलाको खोंचमा पुगेको छ । सामान्य घुम्तीबाट जिप दुर्घटना भएको छ । ठूलो भीर र खोंच भएकाले पनि ढिला मात्र थाहा पाइएको स्थानीय जेके थकालीले बताउनुभयो ।
बिहानै करिब ३ बजेतिर दुर्घटना भएपनि ११ बजेतिर मात्र स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, सेनाको सहयोगमा शव निकालिएको थियो । शवको तानसेनस्थित पाल्पा अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्