JanataToday.com

Advertisment

SKIP THIS

साग अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

साग अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । काठमाडौंमा जारी प्रतियोगितामा नेपाल ४४ रनले पराजित भएको हो ।

बंगलादेशकाे यु २३ टिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल १११ रनमा समेटिएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ४३ रनमा आउट भए । नेपालका भरपर्दा खेलाडी पारस खडका ९ रन जोड्दा आउट भए । पवन सराफ र आरिफ शेख शून्य रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १६ रन जोडेको छ । रोहितकुमार पौडेल ८ बलमा आउट भए । विनोद भण्डारी ३ रनमा आउट हुँदा करण केसी १ रनमा पबिलियन फर्किए । सुसन भारी २ रन जोडे । बंगलादेशका लागि महेदी हसन, सयुम सरकार, तनबिर स्लाम, र सुमोन खानले २–२ विकेट लिए ।

बंगलादेशका लागि कप्तान होसिन सान्तोलले ७५ रन बनाए । अफिफ हुसेनले ५२ रन जोडे । नेपालका लागि पारस खड्काले ३ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिए ।

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij