JanataToday.com

Advertisment

SKIP THIS

नेकपा शिवराजद्बारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेकपा शिवराजद्बारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

जनता टुडे /चन्द्रौटा
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं १ करहिया निवासि नेकपा जिल्ला कमिटि कपिलवस्तु सचिवालय सद्स्य क्षेत्र नं ३ कमिटि सचिव छोरा सि।बि गहतराज, शिवराज नगर कमिटी सचिवालय सद्स्य बुहारी निशा विक, पाटी सद्स्य बसन्ति दुतराज , छोरा लाल बहादुर गहतराज ममतामयी आमा रूपशिला देवि गहतराजको मृत्यु प्रति नेकपा शिवराजद्बारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाको आन्दोलनलाई अगाडि बढाउन ३ सपुतको जन्म दिने रूपशिला देवि गहतराजको निधनले नेकपा पार्टिलाई अतुलनिय क्षति पुगेको नेकपा जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेले बताउनुभयो ।


जन्म मृत्यु मानव जिवनको महत्वपुर्ण घटना हुन यसलाई सहज रूपमा लिई शोकलाई शक्तिमा बद्ल्नु पर्ने प्रदेश सांसद अर्जुन केसिले बताउनु भयो ।
कार्यक्रम प्रदेश कमिटि सद्स्य बालकराम बुढा, क्षेत्र न१को प्रदश समन्वय कमिट १ का संयोजक बाबुराम आचार्य , क्षेत्र न१ को प्रदेश २ समन्वय कमिटका संयोजक युवराज पोख्रेल, शिवराज नगर ईन्चार्ज लंक हमाल , जिल्ला कमिटि सद्स्य बिमला दहित, अर्जुन सापकोटा, उपेन्द्र खनाल, भरत पोख्रल तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारू, वडा १का वडा अध्यक्ष जगत जिसि, वडा २ का वडा अध्यक्ष टेकलाल सापकोटा लगाएतले दुख ब्यक्त गर्नुभएको थियो ।
रूपशिला गहतराजको ७५ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । उहाबाट ३ छोरा ओम प्रकाश गहतराज, लाल बहादुर गहतराज, सिबि गहतराज , र २ छोरी उमा गहतराज, कृष्णा गहतराज सन्तानको रूपमा जन्म लिनुभएको थियो । कार्यक्रम शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनको अध्यक्षता नगर सचिव जगत पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij