बुटवल ।
रोटरी क्लब अफ बुटवलले प्यारालाइसिस भएर अपाङ्ग भएकी एक महिलालाई आज ह्वीयल चियर वितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका–१४ निवासी तिला अर्याललाई क्लब भवनमा एक कार्यक्रमको आयोजना गरि निशुल्क ह्वीयल चियर प्रदान गरेको क्लबका सचिव रोमनाथ शर्माले जानकारी दिनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं १४ को सिफारिस पत्रका आधारमा क्लबले सो सामाग्री अर्याललाई दिइएको जनाइएको छ । क्लबका अध्यक्ष डील्ली कुमार श्रेष्ठले अर्याललाई ह्वील चियर प्रदान गर्नु भएको थियो ।
यसैवीच रोटरी क्लब अफ बुटवलको नियमित बैठक आज सम्पन्न भएको छ । क्लबको १२८८ औं बैठकमा क्लासिफिकेशन बक्ताका रुपमा ई। छविन्द्र भट्टराईले धारणा राख्नु भएको थियो । त्यस अवसरमा उहाले सामाजिक कार्य थाल्नु अगाडी पारिवारिक बातावरणलाई व्यवस्थित बनाएर लाग्नु पर्ने सुझाव दिनु भएको थियो ।
क्लबका अध्यक्ष रो डिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रो रोमनाथ शर्माको सञ्चालन तथा रो थानेश्वर पौडेलको स्वागतमा भएको कार्यक्रममा पोखरा रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्ष्ँ प्रेम शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रेमश पौडेल, रो मणीरत्न पाण्डे, रो विद्याकेशर जोशी, रो कृष्णप्रसाद अर्याल लगायत बोल्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्