विकास निर्माणमा ढिलासुस्ती गर्ने जोकसैलाइ कारबाही गरीने–भौतिक पुर्वाधार मन्त्री नेम्वाङ


आइतवार, मंसिर २२, २०७६

विकास निर्माणमा ढिलासुस्ती गर्ने जोकसैलाइ कारबाही गरीने–भौतिक पुर्वाधार मन्त्री नेम्वाङ

बुटवल, मंसिर २२ — भौतिक पुर्वाधार तथा यातायात मन्त्री वशन्त कुमार नेम्वाङले विकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्ने जोकसैलाइ कारबाही गर्ने बताउनु भएको छ । प्रेस संगठन नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने जोकसैलाइ कारबाही गरेर अगाडी बढने बताउनु भएको हो । ‘पुल र बाटोका अयोजनामा सरकारी अधिकारीहरुलाइ पनि जवाफ देहि बन्न निर्देशन दिइसकेका छौ । लापरबाही गर्ने जोकसैलाइ कारबाहीको दायरामा ल्याइने छ’ मन्त्री नेम्वाङले भन्नुभयो ।
मन्त्री नेम्वाङले पप्पुले बिगत तीन बर्ष देखि अलपत्र छाडेको भैरहवा–लुम्बिनी सडक खण्डका दुइ वटा पुलको ठेक्का सम्झौता तोडने तयारी भइरहेको पनि उनले जानकारी दिनुभयो । तिनाउ र दानव नदिमा निर्माणाधिन पुलको पुरानो सम्झौता खारेज गरेर चार लेन सडकको मापदण्ड अनुरुपकै पुल निर्माण गरीने जानकारी मन्त्री नेम्वाङले दिए । भ्रमर्ण बर्ष २०२० सुरु हुँदा भैरहवा–लुम्बिनी सडकको धुलो हटीसक्ने र पर्यटकको लुम्बिनी यात्रा सहज हुने पनि उहाँले बताउनु भयो । आगामी बैशाख भित्रै यो सडक निर्माण सम्पन्न भइसक्ने दावी मन्त्री नेम्वाङले गर्नु भएको छ ।
बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण गर्ने भनिएको सुरुङमार्गको डिपिआर तयार भइसकेकाले अर्को महिना टेण्डर प्रक्रियामा जाने बताउनु भयो । मन्त्री नेम्वाङले नवलपरासी र रुपन्देहीमा निर्माणाधिन ७० वटा पुल मध्ये यो बर्ष ३५ वटाको निर्माण सम्पन्न गरी सक्ने दावी गर्नुभयो । बुटवल–बेहलहिया व्यापारिक मार्गको बाँकी काम चैत्र भित्र सम्पन्न भइसक्ने पनि उहाँले बताउनु भयो । पुर्वपश्चि रेलमार्गको निर्माण कार्य यसैबर्षदेखि सुरु हुने बताउनु भयो । बुटवल–नारायणघाट ४ लेन सडकमा रुख कटानमा भइएको ढिलाइका कारण निर्माणले गती लिन नसकेको बताउनु भयो । मन्त्रालयका सचिव देबेन्द्र कार्की र सडक बिभागका महानिर्देशक केशवकुमार शर्माले रुपन्देही र नवलपरासीका निर्माणाधिन सडक तथा पुलका आयोजनाहरुको प्राविधिक पक्षका सम्बन्धमा प्रष्ट पारेका थिए । कार्यक्रम प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक अमृत गिरीको अध्यक्षता र सहसंयोजक कमल रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६ , ६:०८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology