जनता टुडे,कपिलवस्तु।
कपिलवस्तुमा छैठौँ चन्द्रौटा औद्योगिक ब्यापार मेला तथा कृषि प्रर्यटन महोत्सव २०७६ सञ्चालन हुने भएको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा चन्द्रौटा उद्योग बाणिज्य संघले अगामी पौष १४ गते देखि २६ गते सम्म महोत्सव सञ्चालन गर्न लागेको आयोजकले बताएको छ ।
आज चद्रौटाको हिलटन होटलमा पत्रकार सम्मेलन गर्दै महोत्सवले कपिलवस्तुको अर्थिक विकासमा टेवा पु¥याउने चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमसेद अलि मियाले बताउनुभयो ।
महोत्सव सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लिखित स्विकृती आयोजकले जनाएको छ । महोत्सवमा तिन सय बढि स्टल राखिने छन् । स्थानीय कृषि उत्पादनका सामाग्री स्टलमा राखिने छन् । टिकट शुल्क ४० र ५० रुपैयाँ रहेको छ । विद्यार्थीहरुको हकमा ४० रुपैयाँमा टिकट रहेको छ । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकाहरुको बेजोड प्रस्तुति रहने समेत बताईएको छ ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा संघका अध्यक्ष जमसेद अलि मिया, वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेय, उपाध्यक्ष लक्ष्मण भण्डारी, महासचिव नारायण भाट क्षेत्री लगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्