लैंगिक हिंसा विरुद्धको अभियान मनाउनुको तात्पर्य के होला ?
लैंगिक हिंसाका घटनाहरुलाई हेर्ने अन्तराष्टिय कानुन बनेको छ ।यस्लाई कानुनी आधारमानै चरणबद्ध रुपमा बर्षभरीमा घटेका घटनाहरु के कस्ता प्रकृतिका छन् तिनलाइ कसरी सम्बोधन गर्ने र ति घटनाक्रमहरुलाई समिक्षा गर्ने बिशेष दिनका रुपमा लिएको मैले पाएको छु ।
यहाँले आफु निर्वाचित हुँदा पनि लैंगिक हिंसा मुक्त उपमहानगर बनाउने प्रतिबद्धता जनाउनु भएको थियो , अहिले कस्तो पाउनु भएको छ ?
यो अभियान चलिरहदा भनौ वा हामी निर्वाचित भएर आउदानै अभियानकै क्रममा लैंगिक हिंसाका घटनामा न्यूनिकरण गर्नै प्रतिवद्धता गरेका थियौं लैंगिक हिंसाका घटनामा कमी ल्याएनौ भने हामीले परिकल्पना गरेका समानतालाई अनुभुत गर्ने समाज स्थापना हुन सक्दैन । नयाँसंविधानमा व्यवस्था भएको समानतालाई अनुभुत गर्ने खालको बातावरण निमाणका लागी पनि यो बाधक हो र छिटैनै हामीले समिताको रुपमा लैंगिक हिंसा मुक्त समाजका लागि रणनितिक योजना पनि तयार पारेका छौं , छिटैनै लागु हुने अवस्थामा रहेको पनि छ । हिंसा न्यूनिकरणका लागि सरकारको मात्र मुख ताकेर होइनकी हामी हाम्रो परिवार भित्रै बाट मिलेर आउनुको विकल्प छैन ।
हिंसा न्यूनिकरणमा पुरुषको सहभागिता कस्तो पाइएको छ ?
अहिले पहिलेको तुलनामा त सहभागिता राम्रै पााइँएको छ तर पनि जति हामीले अपेक्षा गरेका हुन्छौ त्यो भन्दात न्यूननै छ । अहिले पनि हाम्रो समाज पितृ सत्तात्मक अबधारणा बाट गुज्रीरहेको छ, महिला, पुरुष र आम मानिसमा भएको यो सोचलाई नबदल्ने हो भने हिसा न्युनिकरणमा समस्या उत्पन्न भैरहन्छ । यो एउटा चुनौती पनि हो यो अभियानको ।
विगतमा भन्दा हिंसाको प्रकृतिमा पनि फरक आएको छ के यो सत्य हो ?
हो पक्कै पनि हिंसाका प्रकृतिमा परिवर्तन भएको छ , पहिले हिसा के हो भन्ने थाहा नपाएरनै हिसा हुन्थ्यो , अहिले मानिसको चेतना स्तर उठेको छ र हिसाका चरणपनी फेरीएका छन् । हिंसा के हो कस्तो खालको व्यवहारलाइ हिसा भनिन्छ भन्ने अझै पनि आम मानिसले बुझेको पार्ईएको छैन यस कारणले पनि हामीले यसै अभियानकै क्रममा उपमहानगरपालिकाले वडाका १ देखी १९ सम्मनै लैगिक हिसा के हो र कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छौ । सम्पूर्ण सरोकारवाला निकायहरुलाइ पनि यस अभियानमा मात्रै १६ दिन नभएर ३६५ दिननै सक्रिय भुमिका निर्वाह गर्नका लागि आग्रह पनि गरेका छौ ।
कार्यक्रमहरु गर्नका लागि मात्र नभएर अलिकती प्रभावकारि पनि हुनु जरुरी छ , अहिले देखिएका चुनौतीहरु के कस्ता छन् ?
जुनकुनै कुनै काय गर्दा पनि चुनाीैतीहरु त आउछन् नै यसमा विषेश गरि कानूनी सचेतनाको अभाव छ , अहिले पनि कुनै पनि व्यक्तिले म परिवारबाट , काम गर्ने संस्थाबाट अथवा जुनकुनै कुनै निकायबाट पनिहिसामा परेको छ भनेर भन्न सक्ने वातावरण छैन , यसमा कानुन , परिवार,समाज बाधक छ । हिसा भनेर मात्रै पनि भएन घरेलु हिंसा, महिला हिसा, श्रीमान् श्रीमती बीचका हिसा,जात जातीका आधारमा हुने हिसा, सामाजिक , संस्थागत गर्दा बिविध खाले हिसाका प्रकार छन् यी सबै खाले हिंसाकाकारण पहिचान गरेर समस्याको समाधान गर्ने ।
अन्तमा यस मिडिया मार्फत भन्न चाहेका केहि कुराहरु छन् की ?
अन्तमा यस जनता टुडे प्रालि मार्फत सम्पूण जनतालाई के भन्न चाहन्छु भने तपाई जो जहाँ हुनुहुन्छ त्यस स्थानमा रहेर कतै म हिंसामा परेको छु वा छैन, छ भने कस्तो खालको हिंसामा पर्नुभएको छ तपाईले यदि हिसामा पर्नु भएको छ भने सम्बन्धित निकायमा उजुरी दिन सक्नु हुने छ ।आफु हिसामा नपर्नका लागी सक्दो सचेत रहनुहोस् , र उचित न्यायको खोजी गर्नुहोस् , हामी सधै तपाइको साथमा छौ भन्न चाहन्छु ।
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्