JanataToday.com

Advertisment

SKIP THIS

नारायणगढ-मुग्लिन सडक शुक्रबारदेखि ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडक शुक्रबारदेखि ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

पहिरो रोकथामका लागि काम गर्न दैनिक सवारी साधन रोक्नु परेको नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले नारायणगढ-मुग्लिन सडक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

२७ गतेदेखि दुई सातासम्म दैनिक चार घण्टा बाटो अबरुद्ध हुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बाटो बन्द हुने समयमा सडकखण्डको दुवैतर्फ सवारी रोक्ने स्थान पनि तोकिएको छ। नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी पन्ध्र किलोमा र मालबाहक सवारी दासढुंगामा रोक्नुपर्नेछ। यस्तै, मुग्लिनबाट नारायणगढतर्फ जाने मालबाहक सवारी (काठमाडौंतर्फ जाने) लेवाटार र पोखरातर्फबाट आउने आँबुखैरेनीमा रोकिने छन।

मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुबाहक बस काठमाडौंतर्फ जाने मुग्लिन बजारमा र पोखरा तर्फबाट आउने सवारी बेनीटारमा राकिने छन। एम्बुलेन्स, शवबाहनलगायत अतिआवश्यक सवारी साधानहरू भने सुरक्षा निकायको समन्वयमा निर्वाध गुड्न पाउने प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij