बुटवलमा ‘द फेसन शो १९ नेपाल’ सम्पन्न

बुटवलमा ‘द फेसन शो १९ नेपाल’ सम्पन्न

बुटवल ।
नेशनल कलेज अफ आर्ट्स एण्ड डिजाइनको प्रस्तुति तथा जयन टेक्निकल कलेजको आयोजनामा द फेसन शो १९ नेपाल सम्पन्न भएको छ । बुटवलको डार्सिज इन्टरनेशनल होटलमा यहि मंसिर २३ गते भव्य र सभ्यका साथ सम्पन्न भयो । उक्त प्रतियोगितामा २१ जना डिजाइनरहरु तथा ३० जना मोडलहरु सहभागी भएका थिए ।
जसमध्ये इश्मा चौधरीले द फेसन शो १९ नेपालू को उपाधी हात पारिन भने अस्मि गुरुङ मोडल अफ द इअरू बन्न सफल भईन । यस्तै पुर्णिमा गुरुङ फ़्रष्ट रनर अप, नविना राना सेकेण्ड रनर अप र कबिता थारु थर्ड रनर अप बन्न सफल भए ।
प्रतियोगीताको निर्णायकको रुपमा फेसन डिजाइनर रबिन परियार, फेसन डिजाइनर माला सुबेदी र प्रज्ञा तिवारी रहेका थिए । ब्राइडल थिममा भएको उक्त शोको कोरिओग्राफी मन्जेश गिरीले गरेका थिए । दुर्गा थापा मगरको अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन रबि रानाले गरेका थिए ।
कार्यक्रममा बोल्दै यस्ता प्रतियोगीताहरुले फेसन डिजाइनरहरुमा जोस जाँगरका साथै क्रियटिभिटिमा पनि थप टेवा पुग्ने बताउदै यस्ता प्रतियोगीताहरूमा आम मानिसको सोचाइ बदल्न आवस्यक रहेको बताए ।

प्रकाशित मिति : बुधबार, मंसिर २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij