बाँके ।
१३ लाखसहित बाबु–छोरा पक्राउ परेका छन ।सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले १३ लाख रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताउनभयो ।
उहाले भन्नुभयो, “शङ्का लागेपछि आज प्रहरी पिछा गरेका थियौं । सोही क्रममा रु १३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौँ ।”
प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताउनुभयो । यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उहाले जानकारी दिनुभयो । नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्