JanataToday.com

Advertisment

SKIP THIS

संघीय सरकारले लुम्बिनी क्षेत्रको विकासको लागि जिम्मा लिने :रक्षामन्त्री ईश्वर पोख्रेल

संघीय सरकारले लुम्बिनी क्षेत्रको विकासको लागि जिम्मा लिने :रक्षामन्त्री ईश्वर पोख्रेल

बुटवल ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा निर्मित प्रज्ञास्तुपको समुद्घाटन एवं बुद्ध अस्थिधातु प्रतिस्थापन समारोहआज लुम्बिनी मा सम्पन्न भएको छ ।प्रज्ञास्तुपको समुद्घाटन एवं बुद्ध अस्थिधातु प्रतिस्थापन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संघीय सरकारले लुम्बिनी क्षेत्रको विकासको लागि जिम्मा लिने बताउनुभएको छ ।
मन्त्री पोखरेलले संविधानमा किटान गरिएका कामहरुमा आधारित भएर प्रदेश सरकार र स्थानीय सरकार काम गर्नुपर्ने बताउनुभयो ।वुम्बिनीलाई अहिलेको आवश्यकता अनुसार परिमार्जन गरी समृद्धि र विकासतर्फ लैजानुपर्ने उहाले बताउनुभयो।
विकास गर्ने हो भने गतिका साथ अगाडी बढ्ने कुरामा उहाले जोड दिनुपर्ने बताउनुभयो
१५ वर्ष सम्म लुम्बिनी बौद्ध विश्वविद्यालयको यात्रा कसरी गुज्रियो भन्नेबारे वस्तुनिष्ठ समिक्षा गरी वितेका दिनको कमीकमजोरीलाई मात्र नहेरी भविष्यमा गर्नुपर्ने कामको बारेमा मार्गचित्र बनाएर अगाडी बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं लुम्बिनी बौद्ध विश्ववद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको भिडमा लुम्बिनी बौद्ध विश्वविद्यालयले छुट्टै पहिचान बनाउन कसरी सक्छ भन्नेबारे सोच्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेश ५ सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालयले छोटो समयमा प्रगति गरेको बताउनुभयो ।
राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रको वस्तीको विकास बिना समग्र लुम्बिनीको विकास हुन नसक्ने बताउनुभयो ।भट्टराईले बौद्ध विश्वविद्यालयको उन्नति र प्रगतिको लागि भुमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ,
प्रदेशसभा सदस्य फकरुद्धिन खाँ लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले आ आफनो धारणा राख्नुभएको थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यको अध्यक्षता तथा पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij