धकधई ।
चेलीबेटी बेचबिखन तथा मानव तस्करीको रोकथामको लागी भारत र नेपाल दुवै देशको उत्तिकै सहकार्य हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
रोहिणी गाउँपालिका वडा नं. २ को सहकार्य र शुभ अवसर ग्राम नेपालको आयोजनामा सीमा क्षेत्र भगवानपुरमा आयोजित सिमामा हुने मानव बेचबिखन विकृति विसंगति बिरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन बिरुद्ध दुवै देशको सहकार्यको लागी जोड दिएका थिए । नेपालबाट बिशेष गरि यौनजन्य क्रियाकलाप तथा भारतबाट समेत बिभिन्न कामको लागी भन्दै दुवै देशमा मानव बेचबिखन जस्तो जघन्य अपराध रहेको हुदा यसको न्यूनिकरणमा लाग्नु पर्ने उनिहरुले आवश्यकता औल्याए । सिमा बस्ने सुरक्षाकर्मि मात्र नभई साधारण नागरिकहरु पनि चनाखो भएर यस्ता विकृतिको बिरोध गर्नु पर्ने वक्ताहरुको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले शिक्षाको अभावमा अहिले पनि यस्तो क्रियाकलापले प्रश्रय पाएको बताउनुभयो । उहाले परिवार शिक्षित भए यस्तो अवश्था नआउने जिकिर गर्दै गाउँपालिकाले अहिले शिक्षामै बिशेष जोड दिएको बताउनुभयो । अन्तरदेशिय सिमा सम्बन्धलाई बलियो बनाउन दुवै देशको नागरिकहरु उत्तिकै चनाखो भएर अपराधहरुको बिरुद्ध लाग्न उहाले आव्हान समेत गर्नभयोे । आफ्नो गाउँ ठाउमा दलाल ब्यक्ति जुन सुकै रुपमा आउन सक्ने हुदा नया र शंकास्पद ब्यक्ति देखिए जनप्रतिनिधि वा नजिकको प्रहरीलाई सम्पर्क गर्न उहाले दुवै देशका नागरिकलाई आग्रह समेत गर्नुभयो ।
खुल्ला सीमाका कारण प्राय अपराधी अहिले यस्तै भिडभाड नभएको क्षेत्र रोज्ने भएकोले सबैलाई चनाखो हुन रोहिणी गाउँपालिका २ नं. वडा अध्यक्ष सरोज कुमार पाण्डेले आग्रह गर्नुभयो ।
शुभ अवसर ग्राम नेपालले भगवानपुर सिमा क्षेत्रबाट चेलीबेटी बेचबिखन रोक्न सोही क्षेत्रमा आफ्नो निगरानी केन्द्र स्थापना समेत गरेको छ ।
रोहिणी गाउँपालिका २ नं. वडा अध्यक्ष सरोज कुमार पाण्डेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, भारतीय सीमा सुरक्षा बल भगवानपुरका प्रमुख भागमल लाल, स्थानिय पारसनाथ यादव, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र, शुभ अवसर ग्राम नेपालका जिल्ला संयोजक शम्भु प्रसाद हरिजन, स्वरक्षा मानव बेचविखन बिरुद्धको परियोजना गोरखपुरका श्रवण कुमार लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शुभ अवसर ग्राम नेपालका निजामुद्दिन पठानले गरेका थिए । कार्यक्रममा भारत र नेपाल तर्फका स्थानियवासीका साथै दुवै देशको जनप्रतिनिधि, सुरक्षाकर्मिहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्