JanataToday.com

Advertisment

SKIP THIS

लेखापढि ब्यवसायीको चौथो साधारण सम्पन्न

लेखापढि ब्यवसायीको चौथो साधारण सम्पन्न

 

जनता टुडे /भैरहवा

नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अहिले लेखापढि ब्यवसायी र मालपोत कर्मचारीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउनुभयो । उहाले सरकार र सेवाग्राहीको समेत दुर्व पक्षलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन दुवै पक्षको उत्तिकै महत्वपूर्ण भुमिका हुनु पर्नेमा जोड दिनुभयो । शुरुमा पेशा प्रति प्रतिवद्ध लेखापढि ब्यवसायीहरु भए पनि अहिले शिक्षित लेखापढि ब्यवसायीले समेत त्यस्तो प्रतिवद्धता देखाउन नसकेको उहाले बताउनुभयो ।

नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाका अध्यक्ष भागवत प्रसाद उपाध्यायको अध्यक्षता, प्रमुख मालपोत अधिकृत कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका कोषाध्यक्ष अशोक कुमार प्रजापतिले आर्थिक बर्ष २०७५÷०७६ को २२ लाख ९९ हजार ९ सय ९७ रुपैया बराबरको आय ब्यय प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा समितिलाई सहयोग गर्ने भूतपूर्व अध्यक्ष, सचिव लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल लेखापढि कानून ब्यवसायी एशोसिएसनका पूर्व केन्द्रिय लेखा संयोजक हेमलाल ढकाल, बुटवल ईकाइ समिति अध्यक्ष दुर्गामणि ज्ञवाली, भैरहवा ईकाइका लेखा समिति संयोजक ओम प्रकाश चाई लगायतले बोल्नु भएको थियो । सदस्य शिव भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समितिका उपाध्यक्ष गोमलाल खनालले गर्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij