तौलिहवा ।
कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २२ दिन पछि हिजो थप दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा सरवान तेली र अभिनाश गुप्ता रहेका छन । यिनीहरु पनि सहकारीको रकम हिनामिनामा मुछिएकोले बुधबार पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
कपिलवस्तु सदरमुकाम तौलिहवामा अवस्थित सहकारीको करिब १२ करोड रकम हिनामिना भएको छ । यो कार्यमा संलग्न भएको आशंकामा सहकारीका कर्मचारी राजेश कान्दु पक्राउ परिसकेका छन ।
प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्