बुटवल /जनता टुडे
तिलोत्तमा जेसीजले मावन सेवा आश्रम बुटवलमा खाध्यान्न प्रदान गरेको छ । तिलोत्तमा जेसीजका खेलकुद संयोजक प्रदिप टण्डनको जन्मदिनको अवसर पारेर मानव सेवा आश्रम बुटवलमा एक दिनकालागि खाना प्रदान गरेको हो ।
मानवताको सेवामा समर्पित तिलोत्तमा जेसीजले मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरेर सामाजिक काम गरेको सामाजिक अभियान्त मुक्तिराज पौडेलले बताउनु भयो । उहाँले समाज रुपान्तरणकालागि अभियानमा रहेको जेसीजले सडकमा जिवन बिताईरहेका व्यक्तिहरु ल्याएर राखिएको आश्रममा खाद्यान्न प्रदान गरेर स्रहानीय काम गरेको औंल्याउनु भयो ।
त्यस अवसरमा तिलोत्तमा जेसीजका अध्यक्ष जयप्रकाश भट्टराईले समाज रुपान्तरणकालागि जेसिजले सामाजिक काम गर्दै आएको बताउँदै यस्ता कार्यक्रममा आगामी नेतृत्वले पनि अंगाडी बढाउँदै लैजानु पर्ने भनाई राख्नुभयो ।
हाल मानव सेवा आश्रममा ५४ जनाले आश्रय लिईरहेको आश्रमकी सञ्चालिका गंगा कार्कीले जानकारी गराउनु भयो ।
कार्यक्रममा तिलोत्तमा जेसीजका निवर्तमान अध्यक्ष ईश्वर पाण्डे, लायन्स क्लव अफ मणिमुकुन्द युथका संस्थापक अध्यक्ष कमल थापा, तिलोत्तमा जेसीजका कार्यकारीणि उपाध्यक्ष महेश शर्मा, कार्यक्रम संयोजक भानु पोखरेल लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव लोकप्रसाद भण्डारीले गर्नुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्