JanataToday.com

Advertisment

SKIP THIS

औद्योगिक व्यापपार मेला : पर्यटन प्रवद्र्धनकालागि पर्यटकीय स्थलसहितको सेल्फीजोन

औद्योगिक व्यापपार मेला : पर्यटन प्रवद्र्धनकालागि पर्यटकीय स्थलसहितको सेल्फीजोन

Print

बुटवल /जनता टुडे

बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेलामा पर्यटन प्रवद्र्धनकालागि यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाएको छ । मुलुकको अर्थतन्त्रको बिकासकालागि पर्यटनलाई प्रमुख आधार मान्दै संघले मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सचिवालयकै सामुन्य हुनेगरी पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन निर्मााण गरिँदै छ । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनकालागि निर्माण गरिने सेल्फीजोनमा भैरहवामा निर्माण हुँदैगरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल, लुम्बिनी, बुटवलको ऐतिहासिक जीतगढी किल्ला, सिद्धबाबा मन्दिर, पाल्पाको ऐतिहासिक भगवती मन्दिर, भैरवस्थान मन्दिर, गुल्मी रुरु क्षेत्रको ऋषिकेश मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर लगायतका पर्यटकीय स्थलहरु समेटिने संघका महासचिव तथा सचिवालय व्यबस्थापन समितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

पर्यटन प्रवद्र्धनकैलागि मेलाको मुलद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले जानकारी गराउनु भयो । औद्योगिक उत्पादन प्रवद्र्धनकालागि आयोजना गरिएको औद्योगिक व्यापार मेला उत्पादक र उपभोक्तालाई जोड्ने पुलको रुपमा स्थापित भएको र मेला औद्योगिक प्रवद्र्धनसंगै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुग्ने संघले बिश्वास लिएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij