अर्घाखाँची /जनता टुडे
भारतले सिमा मिचेको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा आज मसाल जुलुस सहित प्रदर्शन गरेको छ ।
कालापानी, लिम्पीयाधुरा , लिपुलेक लगायतका स्थानहरु समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै राष्ट्रिय जनमोर्चाले मसाल जुलुस सहित प्रदर्शन गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताउनुभयो ।
भारतीय विस्तारवाद मुर्दाबाद, सिमा मिच्न पाइदैन, संघियता खारेज गर लगायतका नारा लगाउदै चुत्राबेसीबाट शुरु भएको मसाल जुलुस सहितको प्रदर्शन चुत्राबेसी र सन्धिखर्कका विभिन्न भाग परिक्रमा गर्दै शान्ती बगैचामा गएर कोण सभामा परिणत भएको थियो ।
पछिलो कानून अनुसार विरोध प्रदर्शनमा मसाल जुलुस प्रदर्शन गर्न पाइदैन । मसाल जुलुस शान्ती बगैचामा पुगेपछि प्रहरीले आगो निभाएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्