JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यशाला

लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यशाला

बुटवल /जनता टुडे

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उद्यमी मानसिकता विकास कार्यशाला सम्पन्न भएको छ ।क्याम्पसमा नवउद्यमशाला केन्द« खोल्ने र उक्त केन्द«मार्फत देशमा उद्यमशिलता विकास गर्नेे उद्देश्यका साथ क्याम्पसका विविएस, विविएम तथा एमविएका विद्यार्थीहरुका लागि काउन्सिलिङ तथा प्लेसमेण्ट सेल लुम्बिनी वाणिज्य क्याम्पसले सो कार्यशालको आयोजना गरेको थियो ।

नवउद्यमशाला केन्द«मा प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी वन्न चाहने विद्यार्र्थीहरुले व्यवहारिकरुपमै व्यवसायिक ज्ञान प्राप्त गर्ने छन । यसको लागि क्याम्पसले अन्तरप्रेरणा प्रा.लि., वुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, बुटवल उपमहानगरपालिका, व्यवसाय प्रवद्र्धन केन्द«, नवउद्यमी मञ्च लगायतका संस्थाहरुसंग सहकार्य गर्नेछ ।

 

कायशालमा वोल्दै क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले फरक सोचका साथ यस प्रकारको कार्यशाला आयोजना गरिएको र यो एउटा सुरुवात रहेको वताउदै देश विकासलाई उद्यमशिलता विकास अपरिहार्य रहेकोले क्याम्पसले यसलाई प्राथमिकतामा राख्दै आएको वताउनुभयो । साथै निकट भविष्यमै उद्यमशिलता विकासको लागि क्याम्पसमै व्यवसायिक नवउद्यमशाला संचालन गर्न लागिरहेको जानकारी दिनुभयो ।

दुईदिने कार्यशाला कार्यक्रमका संयोजक डिल्लीराज गौतमले देश विकासका लागि विद्यार्थीहरुले जागिरे सोच भन्दा पनि उद्यमी वन्ने सोच लिनुपर्ने कुरामा जोड दिदै क्याम्पसले उद्यमी वन्न चाहने हरेक विद्यार्थीलई उद्यमशाला केन्द« मार्फत हरेक प्रकारको सहयोग गर्ने जानकारी गराउनुभयो ।चार समुहमा विभाजन गरि विहीवार र शुक्रवार संचालन भएको कार्यशालामा उद्यमी वन्ने सोच लिएका १६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने अन्तरप्रेरणा प्रा.लिका श्रद्धा शाक्य र उमिद ढकालले कार्यशालामा सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij