JanataToday.com

Advertisment

SKIP THIS

शिवराजको शिवपुरमा सार्वजनिक सुनुवाई

शिवराजको शिवपुरमा सार्वजनिक सुनुवाई

कपिलवस्तु /जनता टुडे

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा रहेको शिवपुर स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । दिगो मार्यादित सामाजिक आर्थिक सशक्तीकरण भन्ने नारा सहित स्वास्थ्य चौकी भवन शिवपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा वडा अध्यक्ष जगत बहादुर जिसी रहनु भएको थियो ।

अन्य अतिथिहरुमा कार्यपालिका सदस्य लक्ष्मी हमाल, टिका वि।क, वडा सदस्य भिखु थारु, स्वास्थ्य चौ्की व्यवस्थापन समिति उपाध्यक्ष भगवती केसी, स्वास्थ्य चौकी सदस्य गंगा घर्ती मगर, चनई स्वास्थ्य चौकीका प्रमुख जित बहादुर वि सी, किर्डाक नेपालको सामुदायिक विकास सहजकर्ता विनोद केवट, आसा सञ्जालको सचिव विशेक खडका, सहजकर्ता इन्दु चौधरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

स्ट्रोम फाउण्डेश, किडार्क नेपालको सहयोग, आशा सञ्जालको समन्वय र शिवपुर स्वास्थ्य चौकी शिवपुरको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन, निशुक औषधी वितरण, सिनेटरी प्याड लगायतको विषयमा प्रश्नन उठेका थिए ।

आसा सञ्जालका किशोरीहरु, स्थानिय भद्रभलादमी, महिला समुह, बाल कल्व, युवा कल्बका अधिकांस पदाधिकारीले प्रश्ना सोधेका थिए । उठेका प्रश्नाको जवाफ स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, वडा अध्यक्ष जगत बहादुर जिसीले जवाफ दिनुभएको थियो।

सो कार्यक्रममा वडा नं १ को भलुही, शिवपुर, उमरी, बनकासवासा लगायत गाउको स्थानियको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij