सैनामैना ।
आफ्नो २४ अौँ बार्सिक उत्सव तथा अभिभावक दिवसको तयारी गरी रहेको सुनगाभा पब्लिक माध्यमिक विद्यालयमा आज तेस्रो दिन २ तर्फ हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आज विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा २ तर्फका १० टोलीले सहभागीता जनाएका थिए ।
सेलेक्सन राउन्ड , क्वेशन च्वाईस राउन्ड , म्युजिकल राउन्ड , भिजुवल राउन्ड र र्यापिट फायर राउन्ड गरि ५ तहमा खेलाईएको प्रतियोगितामा पहिलो तहमा २० प्रश्नको उत्तर १० समुहलाई लेख्न दिईएको थियो । पहिलो तहबाट छनोट भएका पाँच टोली बिच दोस्रो तहमा ३६ वटा प्रश्नमा प्रतिस्पर्धा गराईएको हो । तेस्रो तहमा गित सुनाएर स्वर सोधिएको हो भने चौथो तहमा तस्बिर देखाईएको थियो र अन्तिम पाँचौ तहमा प्रत्येक टोलिलाई समान ५ ५ प्रश्न सोध्दै प्रतियोगिताको समापन गरिएको थियो ।

जसमध्ये १० टोलीलाई पछाडि पार्दै ८५ अंकका साथ मानविकी कक्षा १२ का निर्मला श्रीष,खिमादेवी थापा , शिव अधिकारी तथा कपिल ज्ञवाली प्रथम हुन सफल भएका हुन् ।
त्यस्तै ८० अंक जोडिएको फाईन्यान्स कक्षा १२ का सन्दिप पाण्डे , पुरन खवास , स्मृति ढकाल र सन्ध्या अर्याल द्वतिय भएका छन् । भने बिजनेस स्टडिज कक्षा ११ का मदन कण्डेल , कमल सारु मगर , सुवास पुन र विना घिमिरेले तृतीय स्थान हात पारेका हुन् । त्यस्तै, कम्पुटर फाईन्यान्स कक्षा १२ का शंकर पौडेल , मिलन भण्डारी , निराजन पाण्डे र ईरा अर्याल सान्त्वना भएका हुन् ।

विद्यालयका प्राचार्य तिलब केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व ं२ संयोजक सञ्जय गौतमले गर्नुभएको थियो । कार्यक्रम विद्यालयका शिक्षक लोकनाथ अधिकारी र राम प्रसाद उपाध्यायले सञ्चालन गर्नुभएको थियोे । २ तर्फ भोलि सम्म मात्रै प्रतियोगिता सञ्चालन हुने भएका छन् । भोलि क्रस कन्ट्रि रेस रहेको जानकारी संयोजक गौतमले दिनुभयो ।
अभिभावक दिवसकै अवसरमा कक्षा १० सम्म विविध खेलकुद प्रतियोगिता सञ्चालन भईरहेका छन् । आजै बहुउद्देश्यीय क्रिकेट रंगशाला मुर्गियामा रिले रेस , दौड ४०० , ८०० मिटर , सटपुट लगायतका खेलहरु भईरहेका छन भने विद्यालयमा ब्यालुन रेस र म्याथम्याटिकल रेस रहेको शिक्षक लक्ष्मण खनालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्