JanataToday.com

Advertisment

SKIP THIS

मेला सफल बनाउन सहयोग गर्ने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता

मेला सफल बनाउन सहयोग गर्ने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता

 

बुटवल/जनता टुडे

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ यस क्षेत्रका व्यबसायिक संघसंस्थाको समेत भएको व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरुले बताएका छन् ।

मेला स्थल बुटवल ११ देवीनगर स्थित सचिवालयमा आईतबार भएको सल्लाहकार भेटघाट कार्यक्रममा व्यबसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरुले मेला सबैको साझा भएकाले सबैको साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । बैठकमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले मेला नयाँ स्थानमा गर्न लागिएकोले मेलाको भन्दा पनि स्थानको प्रचार प्रसार बढी गर्नुपर्ने सुझाव दिनुभयो । मुलुकको अर्थतन्त्रको सुधारकालागि औद्योगिक विकास त्यसकालागि उद्यमशिलता प्रवद्र्धनकालागि मेला फलदायी हुने बताउँदै मुलुकको अर्थतन्त्रको सुधारकालागि मेला कोशेढुंगा भएको बताउनु भयो ।

त्यस्तै बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य बिमला श्रेष्ठले उद्योग बाणिज्य संघले आयोजना गरेको मेला भएपनि यो मेला सरकारकै भएको बताउनु भयो । मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै नीजि क्षेत्रले गरेको मेलालाई सरकारले अपनत्व लिएको बताउनु भयो ।

सल्लाहकार भेटघाट कार्यक्रममा मेला सञ्चालनमा अहिलेसम्म भएको प्रगति विवरण बताउँदै संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले सबैको साथ र सहयोगले मेला सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेल, औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, साना तथा घरेलु उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धिताल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष प्रविण पाठक, पश्चिम नेपाल बस व्यबसायी प्रालीका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, यातायात मजदुर तथा व्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले सुझाव सहित मेला सफल बनाउनकालागि आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष तथा समन्वय÷पूर्वाधार तथा सहभागि अनुगमन समितिका सहसंयोजक उज्जवल कसजुको धन्यवादमा भएको कार्यक्रमको सञ्चालन महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij