बुटवल
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले कानूनलाई वैज्ञानिक र परिष्कृत बनाउने आफूहरु लागिपरेको बताउनुभएको छ कानून कति बने भन्दा पनि कतिके कार्यान्वयन हुने खालका कानून बनेका छन् र कत्तिको कामयावी छन् भन्ने बढी महत्वपूर्ण हुने उहाको भनाइ छ
नेपाल बार एशोसिएशनको ६४ औं स्थापना दिवसको अवसरमा उच्च अदालत बार एशोसिएशन बुटवलद्वारा आज बुटवलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले जति राम्रो इतिहास भए पनि इतिहास घोटेर मात्र होइन नयाँ चुनौती चिर्ने गरी अगाडि बढ्नुपर्ने बताउनभयो ।
कानून व्यवसायी समाजका अग्रणी व्यक्तित्व र समाजका इन्जिनियर भएकाले सम्मुन्नत समाज निर्माणमा उनीहरुको भूमिका रहने उहाको भनाइ छ । न्यायलाई बिक्ने चीज बनाउन नहुनेतर्फ सजग हुनुपर्ने भन्दै उहाले कानून व्यवसायीले लिने सेवा शुल्क पनि पारदर्शी हुनुपर्ने बताउनुभयो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले ६४ औं स्थापना दिवस मनाइरहेको बार एशोसिएशन विगतदेखि नै गौरवशाली संस्थाको रुपमा क्रियाशील रहिरहेको बताउनुभयो ।
पञ्चायत कालमा पनि कानून व्यवसायीहरुले खेलेको भूमिका सराहनीय रहेको भन्दै शिवाकोटीले कानून व्यवसायीहरुमा अध्ययनशील र पेशामै रमाउने प्रवृत्ति जरुरी रहेको बताउनुभयो ।प्रदेश ५ का मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले कानून व्यवसायी समाज निर्माण गर्ने अभियन्ता भएकाले धेरै मेहनत गर्नुपर्ने बताउनुभयो। संविधान र कानूनका साथै व्यावहारिक न्याय पार्ने कुरामा पनि ध्यान जानुपर्ने उहाको भनाइ छ ।
उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले कानून व्यवसायी सामाजिक अभियन्ता भएकाले न्यायकर्मी, प्राध्यापक, कानून व्यवसायी, विद्यार्थी लगायतका बीचमा ‘सामाजिक अभियन्ता, न्याय सम्पादन र सेवाग्राहीको कसीमा कानून व्यवसायी’ विषयमा कार्यक्रम आयोजना गरिएकोे बताउनुभयो ।
सो अवसरमा वरिष्ठ अधिवक्ता नेत्रबहादुर नेपाल, नेपाल बार एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष घनश्याम पन्त, बार एकाईका पूर्व अध्यक्षहरु कमल मलेगो, गोकर्ण सिंह थापा, नन्दराम भण्डारी, महेन्द्रप्रसाद पाण्डे, अधिवक्ता नागेन्द्रप्रसाद बस्याल, रिपोटर्स क्लबका प्रदेश ५ प्रमुख रामकुमार क्षेत्री ,बार एकाईका सचिव गोविन्द्रप्रसाद मरासिनीले ,सदस्य राजन नेपाल लगायतले बोलेका थिए ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्