बुटवल ।
होटल र रेष्टुरेण्टहरुले आयोजना गर्ने इभेन्टहरुमा मेनु हेरेर फर्कन बाध्य हुने उपभोक्ताहरुलाई लक्षित गर्दै बुटवलमा गर्न लागिएको न्यु ईयर ईभमा ५० रुपैयां बोकेर गए खान र मनोरन्जन लिन पाईने ब्यवस्था गरिएको छ ।
नेपाल सरकारको भ्रमण वर्ष २०२० को सन्दर्भमा भ्रमण वर्षको स्वागत तथा न्यु ईयर ईभको कार्यक्रममा दर्शकहरुले न्युनतम ५० रुपैयांमा खाजा सहित मनोरन्जन लिन पाउने ब्यवस्था गरिएको छ । होटल पौवा र एबिसी न्युजको आयोजनामा बुटवलमा हुने कार्यक्रममा न्युन आय भएका उपभोक्ताहरुको पनि पहुंच पुगोस् भन्ने उद्देश्यले यस्तो ब्यवस्था गरिएको आयोजकहरुले जनाएकाछन् ।
पौष १५ गते होटल पौवाको बुटवल शाखामा आयोजना हुने ईभमा जन कलाकार जिवन शर्मा, आधुनिक गायक प्रमोद खरेल तथा लोक गायीका राधिका हमालको सांगितीक प्रस्तुती रहने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल पौवाका महाप्रबन्धक कृष्ण गौतमले निमन्त्रणा कार्ड लिएर आउने उपभोक्ताले निशुल्क प्रवेश पाउने र ५० रुपैयां देखि ३०० रुपैयां सम्ममा पौवाको स्वाद लिन पाउने ब्यवस्था गरिएको बताउनुभयो ।
पौवाका प्रबन्ध निर्देशक बिष्णु ज्ञवालीले सरकारको भ्रमणवर्ष सफल बनाउनु सबै नेपालीको कर्तब्य भएको बताउंदै आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटी सहितको सेवाको जानकारी दिन ईभेण्ट राखिएको जानकारी दिनुभयो ।
कार्यक्रमको पुस १५ गते एबिसी न्युजबाट प्रत्यक्ष प्रशारण गरिने छ ।
प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्