जनता टुडे/ बुटवल
अत्यधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरु बन्द गर्ने भएको छ।
चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार र शुक्रवार (दुई दिन)विद्यालय बन्द गर्ने भएको हो ।
तिलोत्तमा नगरपालिकाको आज (बुधबार ) बसेको वैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय रहेका छन् ।
यसैबिच तमु ल्होसारको अवसरमा १५ गते समेत नगरपालिकाले स्थानिय बिदा दिने निणय समेत गरेको छ ।


प्रकाशित मिति : बुधबार, पुष ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्