बुटवल ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।बार्षिक साधारणसभाको संविधानसभा सदस्य नेत्र पन्थीले उद्घाटन गर्नुभएको थियो । उहाले चौतारीको प्रगति राम्रो र प्रशंसनिय भएको बताउनभयो । साधारणसभाले १७।८९ प्रतिशत लाभांश बितरणको प्रस्ताव पास गर्दै स्वीकृति दिएको छ ।
आव २०७५र०७६को संचित मुनाफाबाट चुक्ता पूजी १८ करोड ६० लाखको १०।८९४ प्रतिशतले हुन आउने २ करोड १ लाख ६४ हजार २१० नगद र आव २०७५र०७६को संचित मुनाफाबाट चुक्ता पूजीको ७ प्रतिशतले १ करोड ३० लाख २० हजार बराबरको बोनस शेयर बितरण गरिने छ ।
चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलले लघुबित्त बित्तीय संस्था नेपालकै टप वान बनाउने लक्ष्यमा लागिपरेको दाबि गर्नुभयो ।
पोखरेलले सामाजिक समानताको आधारमा आर्थिक विकास गर्नका लागि स्थानीय ग्रामीण महिलाहरुलाई वित्तीय रुपमा साक्षर बनाएको बताउनुभयो ।उहाले ग्रामीण महिलाहरुमा भएको ज्ञान, सीपको उपयोग गरी उद्यमी बनाउने योजना अनुरुप लगानीका संभाव्य क्षेत्रहरु पहिचान गर्दै लगानी समेत गरेको बताउनुभयो ।
समाज र राष्ट्रको समृद्धिको सपना घरपरिवारको समृद्धिबाटै पूरा हुने उहाको भनाइ छ ।
चौतारीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिब लक्ष्मण घिमिरेले संस्थाले आफ्ना लक्षित ग्राहक वर्गलाई गुणस्तरीय र भरपर्दो लघुवित्त सेवा प्रदान गरिरहेको बताए । उनले बैंकिंग पहुँच बाहिर रहेका लक्षित ग्राहक वर्गलाई वित्तीय साक्षरता दिलाउँदै उनीहरुको दैनिक वित्तीय आवश्यकता पूरा गर्ने काम भैरहेको समेत बताउनभयो ।
सो अबसरमा नेपाल ग्रामिण लघुबित्तका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की,कांग्रेस नगर सभापति खेलराज पाण्डे,शेयर सदस्य डि आर घिमिरे,संचालक लेखनाथ पाण्डे लगायतले बोल्नुभएको थियो । चौतारीका ५७ शाखा कार्यालय छन् । नेपाल राष्ट्रबैंङ्कबाट घ बर्गको इजाजत पाएको चौतारी अहिले १५ जिल्लामा कार्यक्षेत्र बनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्