(जनता टुडे) रुपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित सशस्त्र प्रहरी वेश क्याम्पका सशस्त्र प्रहरीका इन्स्पेक्टर तेजबहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुवैलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको हो ।
घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो । दुवैलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ ।
भ्रष्टाचार निवारण ऐन अनुसार दुवैलाई कारवाही गरिने भुसालले जानकारी दिनुभयो । आरोपीलाई शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौं पठाइने छ ।
प्रकाशित मिति : बिहिबार, पुष १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्