बुटवल, (जनता टुडे) प्रदेश नं ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले एक पुर्व जनप्रतिनिधिलाई अपशब्द प्रयोग गरी गालि गलौज गरेको भन्दै नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रिय सभापति मातृका यादवको नेतृत्व तथा प्रदेशसभा सदस्यहरु रमा अर्याल र पुष्पा थरुनी समेतको टोलीले आज दिउसो मुख्यमन्त्री तथा मन्त्रपिरिषदको कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।
निर्माणाधीन बेलबास–बेथरी सडक अबलोकनका क्रममा यहि पुस ८ गते सियारी गाउपालिका वडा नं ७ अमवा पुगेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सोही ठाउ बस्ने रामकेवल गुप्तालाई ‘तिमि इन्डियनहरु यहाँ आएर सार्वजनिक जग्गा कब्जा गरी दादागिरी गर्ने,अब देखि यो घरमा नबस्नु,यहाँको पालिकाले घर खाली नगराए म आफै उभिएर भत्काउन लगाई खाली गराउछु ।
‘जस्ता अशोभनिय र धम्कीपूर्ण शब्द प्रयोग गरेको भन्दै ज्ञापन पत्रमा त्यस्ता शब्दको प्रयोगले साम्प्रयायिक सद्भावमा खलल पुग्ने शब्द र ब्यवहार प्रयोग नगर्न र जीउधनको रक्षा गर्न गराउन माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले घटनाको बिषयमा आफुले सम्बन्धित मन्त्रीसँग जानकारी लिइसकेको जानकारी गराउदै केहि मिस अन्डरस्ट्याण्डिङ्गका कारण घटना घटेको भन्दै स्थानीय तहसँको समन्वयमा समस्याको समाधान निकाल्नु उपयुक्त हुने प्रतिक्रिया दिनुभयो ।
सो सडक खण्डमा अन्तर्गत अमवा बजारमा रहेको यादवको घर नभत्काएको भन्दै मन्त्री चौधरीले यादवलाई गालि गलौज गरेको उनिहरुको आरोप छ ।
सडक आयोजना तथा मन्त्रालय कसैले पनि यस अघि घर भत्काउनु भनि सूचना समेत नदिएको अबस्थामा मन्त्रीले एक्कासी अपशबद प्रयोग गरी गाली गलौजमा उत्रिनु पदीय दुरुपयोग भएको ज्ञापन पत्रमा जनाइएको छ ।
मुख्यमन्त्री पोखरेलले भने प्रदेश सरकारले मुआब्जा दिएर सडक बिस्तार गर्ने हैसियत नभएको भन्दै स्थानीय पालिकाले जग्गाको व्यवस्थापन गरिदिए प्रदेश सरकारले घर बनाईदिन सक्ने बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्