JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा हुने दोस्रो सडक खाना महोत्सवमा दुई लाख दर्शक भित्रयाईने

बुटवलमा हुने दोस्रो सडक खाना महोत्सवमा दुई लाख दर्शक भित्रयाईने

बुटवल ।
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको सडक खाना महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपुर्ण योगदान दिने आयोजक संस्था होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताउनुभयो ।
सडकखाना महोत्सवका वारेमा जानकारी गराउनआजआयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले यस क्षेत्रमा संचालित होटल तथा रेष्टुरेण्टहरुले प्रदान गरेका सेवा सुविधा, अतिथि सत्कारका साथै विभिन्न जातजातिका खानाका परिकारको स्वाद चखाउने र कला संस्कृतिको संरक्षण र संवद्र्धनमा गर्ने गरि तयारी गरिएको बताउनुभयो।
राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गदै आन्तरिक तथा वाह् पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै बुटवल क्षेत्रका खानका परिकार वारे अवगत गराउनु नै खाना महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनुभयो ।
सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा संचालन हुनेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन ।
पत्रकार सम्मेलनमा महोत्सवलाई सफल बनाउन मिडियाको महत्वपूर्ण योगदान रहने भन्दै सहयोगको लागि आह्वान गरिएको महासचिव माधव कुमार खनालले बताउनुभयो ।
प्रथम बुटवल सडक खाना महोत्सव २०७५ मा विभिन्न खानाका परिकार सहितका ६० वटा स्टल सहभागी भएकोमा यस वर्ष १ सय वटा स्टलको सहभागी हुने छन ।
यो सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले करिब ३० लाख बढी खर्च हुने लागत अनुमान आयोजकले गरेका छन ।
तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयाजकले गरेका छन ।
खाना महोत्सवमा क्षेत्रमा सि।सि टिभि क्यामरा जडान, फ्रि वाइफाई, प्राथमिक उपचार कक्षको समेत व्यवस्था मिलाइएको छ । महोत्सव आयोजना हुने दिन पुष १४ गते सोमबार दिउसो १ बजे कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको ¥याली निकालिने र ¥यालीको समापनसंगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ वजे खाना महोत्सवको समुदघाटन गर्नुहुने छ ।
सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिने भएको छ । सडक खाना महोत्सवको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रलाय प्रदेश नं।५ संरक्षक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेका छन भने जिल्लाका अन्य नगरपालिका सहयोगी संस्थाका रुपमा रहेका छन् ।
महोत्सवको मूख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी रहेको छ भने सह प्रायोजक बायोटेक डिष्टीलरी प्रा.लि.र रोयल काठमाण्डौं हिमालयन वेभरेज प्रा.लि.रहेका छन ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij