JanataToday.com

Advertisment

SKIP THIS

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै शान्ति समाज रुपन्देहीद्धारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै शान्ति समाज रुपन्देहीद्धारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

बुटवल ।
सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ ।
आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ज्ञापनपत्र पठाइएको हो । भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले सार्वजनिक सरोकारको चासोको बारेमा शान्ति समाजले उठाएको बिषयलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाले देशको ध्यान यहि बिषयमा केन्द्रित भैरहेको समेत बताउनुभयो। कालापानी(लिम्पियाधुरा,लिपुलेकदेखि नेपालका मिचिएका भूभाग फिर्ता र ती क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने भन्दै देशभर नै यसप्रकारको कार्यक्रम भैरहेको मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डी पी खनाल ले बताउनुभयो ।


भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आहत पुगेको ठहर गर्दै सिडिओ मार्फत ज्ञापनपत्र बुझाइएको समाजका रुपन्देही सहसचिब कपिल ज्ञवालीले बताउनेभयो। समाजले कालापानीबाट तत्काल भारतीय सेना फिर्ता जानुपर्ने, भारतले प्रकाशित गरेको नयँ राजनीतिक नक्सा तुरुन्त सच्याउर्ने, संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न माग गरेको हो ।
भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीसंग छलफल अघि बढाउन प्रधानमन्त्रीलाइ शान्ति समाजले आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै शान्ति समाजले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij