कावासोतीमा गुडिरहेको मोटरसाईकल जल्दा पूर्ण क्षति

कावासोतीमा गुडिरहेको मोटरसाईकल जल्दा पूर्ण क्षति

खगेन्द्र पराजुली,
नवलपुर ।
कावासोती नगरपालिका वडा नम्वर २ स्थित शान्तिटोलमा गुडिरहेको मोटरसाईकलमा एक्कासी आगो लाग्दा पूर्ण रुपमा क्षति भएको छ । उत्तरवाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाईकलमा एक्कासी आगो लाग्दा मोटरसाईकल चालक भने भागेका छन् ।
मोटरसाईकल जलेर पुर्ण रुपमा क्षति भएकाले मोटरसाईकलको बिवरण नखुले पनि एन् एस मोडलको मोटरसाईकल रहेको स्थानीयले बताएका छन् ।
अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले घटनास्थलबाट क्षति भएको मोटरसाईकल नियन्त्रणमा लिई कार्यालयमा पुर्याएको छ ।
घटनामा मोटरसाईकलको क्षति बाहेक अन्य कुनै मानबीय र भौतिक क्षति भने भएको छैन । मोटरसाईकलमा लागेको आगो स्थानीयले पानीको मदतबाट नियन्त्रणमा लिएका थिए

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij