प्रदेश ५ का उद्योग,पर्यटन वन तथा वाताबरण मन्त्री लिला गिरीले तमु ल्होसारमा राष्ट्रिय विदा दिन आफुले पहल गर्ने बताउंनुभएको छ । उहांले ल्होसारमा विदा दिन प्रदेश सभामा प्रस्तावको रुपमा लैजाने पनि आश्वासन दिनुभयो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले तमु ल्होसार २६०३ को पावन अवसरमा बृहत जनचेतना याली पश्यात आयोजित कार्यक्रममा बोल्दैं मन्त्री गिरीले गुरुङ समुदायको मागलाई सम्मान गर्ने बताउंनुभयो ।
उहांले धार्मीक चाडमा दिइने विदा कटौती गरिएको बताउंदैं तमु ल्होसारमा दिइएको विदामा पुर्नविचार गर्ने आश्वासन दिनुभयो ।कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय संरक्षक समितिका केन्द्रीय सभापति मायादेबि गुरुङ,पूर्व केन्द्रीय सभापति शेरबहादुर गुरुङ,जिल्ला सभापति क्या.टेकबहादुर गुरुङ,तिलोत्मा नगर अध्यक्ष क्या.नरजंग गुरुङ,पडसरी इकाई अध्यक्ष नन्दप्रसाद गुरुङ लगायतले बोल्दैं तमु ह्होसारमा सार्वजनिक विदा दिन माग गर्नुभएको थियो ।
कार्यक्रम पूर्व बुटवलको ट्राफिकचोकबाट गुरुङ समुदायको झांकीसहित शुरु भएको र्यालीले बुटवल बजार परिक्रममा गरि रामनगरस्थित महाज्ञान बौद्धविहार विस्क्याम्पमा पुगेर सभामा परिणत भएको थियो ।परिषद्का अध्यक्ष विमला गुरुङको अध्यक्षता,सचिव ओमप्रकाश गुरुङको सञ्चालन,वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागतमा सम्पन्न कार्यक्रममा मन्त्री गिरीले परिषद्ले निर्माण गर्न लागेको समाज भवनको सिलान्यास गर्नुभएको थियो ।
यसैबीच परिषद्ले आयोजना गरेको इकाई स्तरीय नृत्य प्रतियोगितामा खेमा इकाई देवदह प्रथम,दीपनगर इकाई द्धितीय,मधौलिया इकाई तृतीय र पेडवनी इकाई देवदहले सान्त्वना स्थान हासिल गरेका थिए ।कलाकार धनबहादुर गुरुङ,सुन्दर गुरुङ र अनु गुरुङ सम्मिलित निर्णायक मण्डलले घोषणा गरेका विजयी टिमले क्रमशःदश हजार,सात हजार,पांच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा राष्ट्रिय कलाकार विनोद गुरुङ र मिलन गुरुङले आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
प्रकाशित मिति : सोमबार, पुष १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्