बुटवल, (जनता टुडे) -बुटवल उद्योग बाणिज्य संघले बुटवल देवीनगरमा सञ्चालन गरेको औद्योगिक व्यापार मेला आन्तरिक रुपमा नाकाबन्दिमा परेको छ । संघले यहि पुसको ९ गतेदेखि सुरु गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ लाई प्रभावित गर्नेगरी गतिबिधि हुँदा मेला आन्तरिक नाकाबन्दिको मारमा परेको हो ।
बुटवल उपमहानगरपालिकाको स्वीकृतीमा बुटवल ११ देवीनगरमा सञ्चालन गरिएको मेला स्थलको प्रमुख द्वारको रुपमा रहेको तिनकुने देवीनगरको बाटोमा पर्ने १६÷३६ नहरको पुल निर्धारित समयभन्दा धेरै ढिलासम्म पनि निर्माण पुरा नहुँदा उक्त सडक बन्द छ ।
उक्त सडकको विकल्पमा रहेको तिनकुने, होराईजनचोकको सडकमा पनि अंग्रेजी नयाँ वर्षको नाममा होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले खाना महोत्सव सञ्चालन गरेका कारण मेला आवतजावत गर्ने सडक पूर्ण रुपमा अवरुद्ध छ ।
त्यस्तै मेला स्थलको उत्तरतर्फको करिव ४ सय मिटर सडकमा नाली निर्माणको नाममा मेला उद्घाटनको पहिलो दिनदेखि नाली खनेर माटो सडकमा थुपारिएको छ । यसले पनि मेलामा आउनेलाई बाटो अवरोध गरिएको छ ।
मेला स्थलमा आवत जावतकालागि योगिकुटीदेखि तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका बिच सिमा सडकमा रहेको १२ फूटे पूल मात्रै रहनुले भारतले नाकावन्दि गर्दा २ वटा भन्सार नाका छोडेजस्तै मेलामा पनि नाकाबन्दि भएको महशुस गरिएको बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उपसंयोजक हरिप्रसाद अर्यालले बताउनु भयो ।
मेलालाई सहयोग गर्नेगरी वडाको सिफारिसमा बुटवल उपमहानगरपालिकाले मेला सञ्चालनकालागि स्वीकृति प्रदान गरेको थियो । मेला सञ्चालन पूर्व नै जनप्रतिनीपिधहरु तथा राजनीतिक दलहरुले मेला सफल बनाउनकालागि प्रतिवद्धता व्यक्त गरेका थिए । तर आफ्नै सिफारिसको उपहास हुनेगरी मेला स्थलमा आवतजावत गर्ने सडकमा नालिको काम गर्नु राम्रो नभएको उहाँले बताउनु भयो ।
तिनकुने–देवीनगर सडकको पूल निर्माण सम्पन्न गर्नुपर्ने सयमा सपन्न गर्न नगरपालिकाले ठेक्केदार कम्पनीलाई दवाव गर्नुपर्ने हो । समयमै पूल निर्माण सम्पन्न गर्नु पर्ने भएपनि उक्त पुल निर्माणकालागि दिएको ठेक्केदार कम्पनीलाई समय थप गर्दै आएको छ । अर्कोतिर मेला सञ्चालनको स्वीकृति दिने तर मेला स्थलमा पुग्ने सडक नै अवरुद्ध हुनेगरी सडक खाना महोत्सवलाई प्रोत्साहन गर्ने काम नगरपालिकाले गरेको छ ।
होटल तथा रेष्टुरेन्ट व्यबसायी संघले आयोजना गरेको सडक खाना महोत्सवलाई त्यस स्थानमा सञ्चालन गर्नकालागि नगरपालिकाले स्वीकृति प्रदान गरेको छैन । तथापी आफैले स्वीकृति नगरेको कार्यक्रममा गएर आफैले शुभकामना मन्तव्य राख्नुले नगरपालिकाले मौन स्वीकृति दिएको प्रष्ट छ ।
नगरपालिकाले स्वीकृति नदिएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नु, उद्योग पर्यटन मन्त्री लिला गिरी, मेयर शिवराज सुवेदीले समेत शुभकामना मन्तव्य राख्नुले उद्योग बाणिज्य संघ र मेला प्रति बैरभाव राखेको प्रष्ट भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्