सैनामैना
रुपन्देहीमा सञ्चालन हुन गईरहेको चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवमा नमुना पार्क निर्माण हुने भएको छ । सैनामैनामा रहेका ऐतिहासिक ,धार्मिक , सांस्कृतिक तथा पुरातात्विक क्षेत्रलाई समेटेर नमुना पार्कको निर्माण गरिने भएको हो । यही पौष २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्वमा सैनामैनाको पहिचानलाई प्रचार प्रसार गर्नको लागि नमुना पार्क निर्माण गरिने प्रचार प्रसार संयोजक लोकनाथ अधिकारीले जानकारी दिनभयो । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सव मुुर्गियामा रहेको निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा सञ्चालन हुने छ । आयोजकले आज सैनामैनामा रहेका पत्रकारहरुसँग छलफल गर्दै मेलालाई सफल बनाउन सैनामैना बासी लाग्नु पर्नेमा जोड दिएका छन । सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षत्रीले उद्योगी ब्यवसायी महोत्सवको आयोजक भएपनि नगरबासीको आफ्नै महोत्सव भएको बताउनभयो ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवको भूमिका रहने उहाले बताउँदै महोत्सवले सैनामैनाको शैक्षिक , आर्थिक विकासको लागि महत्वपूण भूमिका खेल्ने भएकाले सबैको साथ र सहयोगको आवश्यकता रहेको भनाई छ । संघका उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठले महोत्सवको तयारीको लागि अहिले गेट , स्टेज , स्टल निर्माणको काम चलिरहेको जानकारी दिनुभयो । ३० वटा उपसमिति बनाएर महोत्सवको तयारीमा जुटेको उहाले बताउनुभयो । अहिलेसम्म १ सय वटा स्टलको बुकिङ्ग भईसकेको उहाले जानकारी दिँदै ८० वटा स्थानीय स्टल रहेको बताउनुभयो ।कानूनी सल्हाकार थन बहादुर केसीले सैनामैना बासीको पहिचानसँग जोडिएको महोत्सव भएकाले सबैले साथ र सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । आर्थिक सल्हाकार मिन प्रसाद पौडेलले महोत्सव अन्य स्थानको भन्दा फरक हुनु पर्नेमा जोड दिदै महोत्सवमा नँयापन हुनु पर्ने बताउनुभयो । कार्यक्रममा सैनामैनाका पत्रकारले महोत्सव सफल पार्नको लागि सल्लाह र सुझाब आयोजकलाई दिएका थिए ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्