मुर्गिया
चिसो बढे संगै जनजिवन प्रभावित भएको कुरालाई मध्यनजर गर्दै अति गरिव जाडोबाट प्रभावित भएकाहरुलाई लुम्बिनी विकास मञ्च रुपन्देहीले आज एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको छ ।सितलहर तथा चिसोबाट गरिव परिवारका ब्यक्तिहरुलाई जोगाउनका लागि जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका र गैडहवा गाँउपालिकामा रहेका अति गरिव विपन्न परिवारहरुहरुलार्ई न्यानो कपडा स्वेटर, पन्जा, टोपी, ब्ल्यांकेट लगाएतका न्यानो कपडा वितरण गरिएको लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताउनु भयो । जाडोमा बृद्धबृद्धा र बालबालिकाहरु बढि प्रभावित हुने हुंदा उनिहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ । गरिव परिवारका र बालबालिका तथा वृद्धवृद्धहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनु भयो
रुपन्देही जिल्लाको गैडहवा गाउपालिका, र लुम्बिनी संस्कृतिक नगरपालिकामा ४५० ब्यक्तिहरुलाई कम्बल,ज्याकेट, स्विटर, पाइन्ट टोपि, टाउजर,मोजा लायत न्यानो कपडा, एक हजार एक सय पिस वितरण गरिएको संस्थाका सचिव सुवास पुनले बताउनु भयो ।यो अभियानले उनिहरुलाई जाडो छल्न सहज हुने उहाँको भनाई छ ।न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएका राष्ट्रिय सभाका प्रमुख सचेतक नेकपाका खिमलाल भट्टराईले न्यानोको अभावमा कोही मर्न नपरोस भन्दै लुम्बिनी बिकास मंचले गरेको अभियानमा आफ्नो सहयोग रहेको बताउनु भयो । यस खालको अभियानले गरिव परिवारहरुलाई हौसला मिलेको बताउदै अगामी दिनहरुमा पनि आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।राज्यले गरिव विपन्न परिवारका लागि विभिन्न कार्यक्रमहरु लयाएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासको जिम्ममा आफ्नो भएको र योजना वद्ध तरिकाले ति क्षेत्रहरुको क्रमशः विकास गरिने कुरा बताउनु भयो । उहाँले भन्नु भयो देशमा छिटै सुकुम्बासी समस्या समाधन हुने छ ।प्रदेश ५ का संसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले गरिव विपन्न परिवारका लागि विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले बनाएको बताउनु भयो । चुनावी नारा बनेका कुराहरु विस्तारै यस सरकारले पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।“आफ्नो घरमा भएको प्रयोगमा नआएका कपडा खेर नफालौं, न्यानोको अभावमा कोहि मर्न नपरोस् । ” भन्ने नारा सहिते संस्थाले न्यानो कपडा संकलन कार्यलाई तिब्र परेको थियो । संकलन भएको कपडा निशुल्क रुपमा अनाथ, अति गरिव विपन्न परिवार, बृद्धबृद्धा, बालबालिकाहरुलाई वितरण गरिएको हो ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्