कानुनमन्त्री केसीले दिए बिश्वसमुदायलाई नेपाल आउने निम्तो

कानुनमन्त्री केसीले दिए बिश्वसमुदायलाई नेपाल आउने निम्तो

बुटवल ।

संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०लाई नेपालका बिभिन्न क्षेत्रबाट छुट्टाछुट्टै कार्यक्रम गरि उदघाटन गरिएको छ । प्रदेश नम्बर ५ मा पनि बिभिन्न जिल्लाहरुमा फरक फरक कार्यक्रम गर्दै भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।आज मध्यान्ह बर्दियाको ठाकुराद्धाराबट प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले बिशेष कार्यक्रम गर्दै भ्रमण वर्षको उदघाटन गर्ने कार्यक्रम रहेको छ भने प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कुलप्रसाद केसीले मध्यराती बिश्वभरीका नागरिकहरुलाई नेपाल र त्यसमा पनि प्रदेश ५ मा घुम्न आउन निम्तो दिएर भ्रमण वर्षको शुभारम्भ गर्नुभएको छ । होटल पौवा र एबिसी न्युजको संयुक्त आयोजनामा बुटवलमा आयोजना गरिएको शुभारम्भ भ्रमण वर्ष न्यु ईयर ईभलाई मध्यराती १२ बजे सम्बोधन गर्दै मन्त्री केसीले सबैं दृष्टिकोणले नेपाल भ्रमणको गन्तब्य बनाउन उपयुक्त रहेकाले नेपाल आउन निम्तो दिनुभएको छ ।
उहांले बिगतमा जङ्गलमा फायर खोलेर नयां वर्ष मनाएको स्मरण गर्दै यतिबेला निम्ताको फायर खोलेर नयां वर्ष सहित भ्रमण वर्ष मनाएको बताउनु भयो । धार्मीक, सांकृतिक र भौगोलिक सबै दृष्टिबाट ५ नम्बर प्रदेश उत्कृष्ठ रहेको बताउंदै उहांले पर्यटन उद्योगले प्रदेशलाई समृद्द बनाउने ठुलो सम्भावना रहेको स्पष्ट पार्नुभयो ।


एबिसी न्युज टेलिभिजनबाट प्रत्येक्ष प्रशारण गरिएको ईभमा बोल्दै होटल पौवाका प्रबनध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले नेपालमा पहिलो नेपाली हस्पिटालीटीका साथ खुलेको पौवाले ५ नम्बर प्रदेशका सबै पर्यटकिय स्थलमा पौवाको सेवा दिने तयारी गरेको जानकारी गराउंदै १० वर्षमा १०० शाखा सहित पौवाको बिस्तार गरिने दाबी गर्नुभयो ।
होटल पौवाले हाल प्रदेश नम्बर ५ मा ७ र कर्णाली प्रदेशको जुम्लामा गरि ८ वटा शाखाबाट सेवा दिदै आएको छ ।
कार्यक्रममा सुगम संगितका गायक प्रमोद खरेलले म बिना कसैकसैलाई मुस्किल छ पो्खरामाबाट सुरु गरेर यो कुरा गोप्य नै राखौला भन्ने गित गाईरहंदा पौवामा उपस्थित सयौं दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । खरेलले ओय झुम्मा, रातो टिका निधारमा, जादु चलायौ तिमीले टुना चलायौ तिमीले, म बांचेकै तिमीसंग माया लाउन हो जस्ता कालजयी गित प्रस्तुत गरेका थिए ।

जनताका गायकका रुपमा स्थापीत जिवनशर्माले ईभमा उपस्थित दर्शकहरुलाई देश प्रति भाबुक बनाएका थिए । मधेसी पहाडी हिमालका हिमालीबाट गाउन सुरु गरेका शर्माले झरनाको चिसोपानी, चाहिंदैन सिसाको महल, सिमली छांयामा बसी, यसपाली त यस्तै भो आमा जस्ता देश प्रेमले ओतप्रोत गितहरु गाएका थिए । कार्यक्रमको अन्तीममा स्ेटज चढेकी लोक गायीका राधिका हमालले नमस्ते झोर्ले है, क्याम्पस पढ्न आउनी जस्ता गित गाएर दर्शकलाई नचाएका थिए ।
शुभारम्भ भ्रमण वर्ष न्यु ईयर ईभमा प्रदेश सरकारका कृषि मन्त्री आरती पौडेल, प्रदेश सरकारका मुख्य सचिव तोयनारायण ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij