नवलपुर
नवलपुरमा माघ ९ गते देखि नवलपुर महोत्सब संचालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सब १० दिन सम्म चल्नेछ ।
माघ १९ गते सम्म संचालन हुने महोत्सब को यस पटकको नारा कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार रहेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिनुभयो ।
संघले आज कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले नवलपुरको पहिचानलाई देश बिदेश सम्म पुर्याउन महोत्सब सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न र नवलपुरका पर्यटकीय गन्तव्यलाई देशभरी प्रचार गर्नु महोत्सबको मुल उदेश्य हो । ू पोख्रेलले जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउनु पनि महोत्सबको उदेश्य भएको बताउनुभयो ।
नवलपुर उद्योग वाणिज्य संघका महासचिब बैकुण्ठ प्रसाद अर्यालले स्थानिय रुपमा रहेका महत्वपूर्ण सम्पदा , पर्यटकीय गन्तव्य र उत्पादनको प्रचार प्रसार गर्नु महोत्सबको अर्को उदेश्य रहेको बताउनुभयो । महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारीरसमूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान, नवलपुरको धार्मिक तथा भौगोलिक क्षेत्र समेटिएको वृतचित्र प्रदर्शनी लगाएतका कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ ।
संघका बरिस्ठ उपाध्यक्ष पुष्प पाण्डेले महोत्सबमा तीन लाख दर्शकले अवलोकन गर्ने र अनुमानित ५ करोड कारोबार हुने लक्ष राखिएको बताउनुभयो । कावासोती(३ मा रहेको राममन्दिर नजिकैको खेलमैदानमा हुने महोत्सबमा २५० व्यापारीक स्टल सहित कुल २७५ स्टल रहने वताईएको छ
प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्