JanataToday.com

Advertisment

SKIP THIS

भैरहवामा आवश्यकता भन्दा धेरै ईरिक्सा

भैरहवामा आवश्यकता भन्दा धेरै ईरिक्सा

 

भैरह्वा

सिद्धार्थनगर नगरपालिकामा आवश्यकता भन्दा धेरै मात्रामा ईरिक्साहरु भित्रिएकोले बढिरहेका ईरिक्सालाई नियन्त्रण गर्न ईरिक्सा व्यवसायीहरुले माग गरेका छन् । भैरहवामा नेपाल ईरिक्सा चालक संघ सिनपा शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आफ्ना गुनासा तथा मागहरु नगर प्रमुख र प्रदेश संसद सदस्य बिच राखेका थिए । सिद्धार्थनगरमा आवश्यक भन्दा बढी रिक्सा भित्रँदा नगरपालिकाले कुनै आचार संहिता नबनाएको र मनपरि ढङ्गबाट रिक्सा बिक्रि वितरण गर्न दिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताउनुभयो । आफूहरुले दैनिकी चलाउदै आएको पेसा समेत सुरक्षित नभएकोले नगरले थप व्यवस्थित गर्नुपर्ने ईरिक्सा चालकको गुनासो थियो । ईरिक्सालाई सहयोग तथा सेवा गर्नु नेतृत्वकर्ता दायित्व रहेको भन्दै प्रदेश सरकारमा लाइसेन्स दिने, रुट प्रमिट दिने अधिकार हाल मात्रै आएकोले व्यवस्थापन तथा सहयोग गर्न आफू सधै तत्पर रहेको प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले बताउनुभयो । भैरहवा तथा आसपासका क्षेत्रमा जतिबेला पनि ईरिक्सा चालकलाई समस्या पर्दा फोन गरे समाधानका लागि २४ सैँ घण्टा तत्पर रहेको प्रदेश सभा सदस्य पाण्डेले बताउनुभयो ।
ईरिक्सा चालकहरुले लाइसेन्सको व्यवस्था मिलाउन सिद्धार्थनगर पालिकाले पहल गर्नु पर्ने बताइरहेका बेला नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकासँग अधिकार नरहेको बताउँदै नगरपालिकामा जम्मा ५० ओटा मात्रै ईरिक्सा दर्ता भएको र नगरमा चल्ने ईरिक्साले मनपरि भाडा लिने गरेको बताउनुभयो । कोही पनि कानुन भन्दा माथि जान नमिल्ने भएकोले नगर आफैले ईरिक्साको लागि कानुन बनाउन नसक्ने समेत उहाले बताउनुभएको थियो ।
ईरिक्सा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले वातावरण मैत्री धुलो धुवा र प्रदुषण रहित ईरिक्साले सिद्धार्थनगर पालिकाको सुन्दरतालाई माथि उठाएको र यहाँका जन साधारणलाई छिटो–छरितो सेवा प्रवाह गरिरहेको जानकारि गराउनुभयो । उहाले भन्नुभयो– “यस सेवाबाट श्रमीकले जिपिकोपार्जनको आधार पाएका छन् । तर वर्तमान समयमा सिद्धार्थनगरपालिकाले थेग्ने भन्दा बढि बाहिरीक्षेत्रबाट प्रवेश गरि सञ्चालन भइरहेको हुँदा दैनिक रुपमा नगर प्रभावित बन्दै गईरहेको छ । जसका कारण सवारी दुर्घटनामा समेत वृद्धि भइरहेको छ ।’ नगरमा हाल १ हजार बढी ईरिक्साहरु रहेको पनि उहालेृ जनाउनुभयो ।
मानिसको अनुहार हेरेर ईरिक्सा चालकहरुले भाडा लिने कार्य नगर्नकोलागि नेपाल ट्रेडयुनियन काङ्ग्रेसका राम गरुङले बताउनुभयो । मजदुरहरुको हकहित र संरक्षण गर्नकालागि अखिल नेपाल ट्रेड युनियन महासंघ प्रतिबद्ध रहेको बताउदै अध्यक्ष दुर्गा मरासिनीले व्यवसायीलाई समस्या परे सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने, उद्योग व्यापार संगठनका महासचिव अनिल ज्ञवाली, सिद्धार्थ सार्वजनिक यातायात प्रालिका सञ्चालक सियारम यादव, ईरिक्सा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारी, ईरिक्सा व्यवसायी संघ सिद्धार्थनगरका उपाध्यक्ष बरुण समशेर लगायतले ईरिक्सा व्यवस्थापन गर्नमा नगरपालिकाले पहल गर्नुपर्ने भन्दै ईरिक्सा किनेर सञ्चालन गर्दा नेपालमै स्वरोजगार बन्दै गएको अवस्थामा नगरमा पार्किङ्कको समस्या भएकोले समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij