बुटवल ।
निर्धन उत्थान लघुबित्त बित्तिय संस्था,हरैया शाखा,कञ्चन,रुपन्देहीले आफ्नो समूहका मृतक सदस्यका अभिभावकलाई कर्जाको बिमा भुक्तानी रकम प्रदान गरेको छ।कञ्चन गाउपालिका वार्ड नं। ४ अस्नैया अन्तर्गत अस्नैया समूहका सदस्य स्वर्गिय इन्द्रमती थापाको अभिभावक तथा श्रीमान राज बहादुर थापालाई कर्जा बापतको बिमा रकम २ लाख ७६ हजार रुपैया र स्वर्गिय थापाले जम्मा गरेको बचत रकम समेत समूह केन्द्रमा एक कार्यक्रम गरी फिर्ता गरेकोछ ।बिमा रकम भुक्तानी कार्यक्रममा संस्थाका शाखा प्रमुख तुल्सा पाण्डेले लघुबित्त संस्थाबाट लिएको कर्जालाई उत्पादन दिने क्षेत्रमा लगानी गर्न सके कार्जाको नियमित किस्ता भुक्तानी गर्न सहज हुने बताउनु भएको छ ।कर्जा रहरले भन्दा पनि कर्जाको लगानी क्षेत्रको पहिचान गरी केही गर्नुपर्छ र आर्थिक उत्पादनको श्रोत तयार गर्न लिनु पर्ने बताउदै केही गरेर आत्म निर्भर बन्छु भन्ने महिलाहरुका लागि निर्धन लघुबित्त बित्तिय संस्था सारथी बन्दै आएको र निर्धनबाट कर्जा लिई सही ठाउमा लगानी गरेका समूह सदस्यहरुको आर्थिक अवस्था निकै राम्रो भएको बताउनु भएकोछ ।
आफुले लिएको कर्जालाई घरब्यबहार चलाउन,साहुको ऋण तिर्न,अनावस्यक र फजुल खर्चमा खर्च गर्नेहरुले लघुबित्तबाट ठगिएको आरोप समेत लगाउने गरेको बताउदै हिजो केही गर्छु भनि पैसाका लागि दश जना संग धाउनु पर्ने तर आज उधमी बन्छु र आयआर्जनको काम गर्छु भनि योजना लिएर निर्धनमा आएका समूहका महिलाहरुलाई बिना धितो समूह जमानीमा लाखौं कर्जा दिदै आएको बताउनु भएको छ। कर्जा लिएको सदस्यको कर्जालाई सुरक्षित गर्न निर्धनले कर्जा बिमा कार्यक्रम समेत लयाएको बताउनु भएको छ।शाखा प्रमुख तुल्सा पाण्डेको अध्यक्षता तथा ओमकार बानियाको संचालनमा भएको बिमा राहत रकम बितरण कार्यक्रममा निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाका अस्नैया केन्द्रका महिला समूहका सदस्यहरु,श्रृजनसिल आमा समूहका सदस्य तथा स्थानियहरुको सहभागिता रहेको थियो ।स्वर्गिय इन्द्रमती थापा २०५६ सालबाट समूहको सदस्य भै बिभिन्न समय र शिर्षकहरुमा गरी ७ लाख रुपैया कर्जा लिई ब्यबसाय र कृषि उत्पादनमा लगानी गरेका थिए भने उनको गत मंसिर महिनामा बिरामी भै मृत्यु भएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्