भ्वाईस अफ बुटवल’को टप फाईभमा को को परे ?

भ्वाईस अफ बुटवल’को टप फाईभमा को को परे ?

बुटवल
बुटवलको देवीनगरमा आयोजना गरिएको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को फाईनल प्रतिस्पर्धा भोली हुँदैछ । ‘भ्वाईस अफ बुटवल’का लागि ५ जना छनौट भएका छन् ।
छनौट चरणबाट आएका २० जनाबाट सोमबार टप फाईभमा सागर घिमिरे, सिद्धार्थ गैरे, अञ्जली थारु, वर्षा ज्ञवाली र सन्दिप मगर छनौट भएको आधुनिक सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको भ्वाईस अफ बुटवलकालागि ५० प्रतिशत अंक निर्णायक र ५० प्रतिशत अंक भोटिङ्का आधारमा प्रदान गरिएको छ ।
गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार ५५५, द्वितीय हुनेलाई ३५ हजार ५५५ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिने छ । टप फाईमा छनौट भएका बाँकी दुई जनालाई गिफ्ट ह्याम्पर प्रदान गरिने संयोजक ध्वजुले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij