फर्साटिकर जनता टुडे- रुपन्देहीमा पौष ११ देखि शुरु भएको शुद्धोधन गाउँपालीका सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लबले , चाँदनी युबा क्लब दानापुरका बिरुद्ध ट्राईब्रेकरमा ३-२ ले जित हात पारेको छ ।
खेलमा फर्साटिकरका गोल किपर शुभाङकर जिसि म्यान अफ द म्याच समेत चुनिए उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे ।प्रतियोगिता अन्तरगत २३ गते बुधबारको खेल भैरब फुटबल क्लब बिरुद्ध झरना स्पोर्ट्स कुञ्जलापुर बिचहुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको खेल पौष २६ गते समापन हुनेछ ।शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।
प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्