सैनामैनामा आँखा शिविर, १७० विरामीको आँखा परिक्षण

सैनामैनामा आँखा शिविर, १७० विरामीको आँखा परिक्षण

 

सैनामैना जनता टुडे- नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा लायन्स क्लब अफ बुटवल द्दारा संचालित बुटवल लायन्स आँखा अस्पताल, बुटवल, सैनामैना नगरपालिका, लायन्स क्लब अफ सैनामैना सालझण्डी, आँखा उपचार केन्द्र सालझण्डीको संयुक्त आयोजनामा सैनामैना नगरपालिका को वडा नम्बर ३ मा बृहत आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त आँखा शिविरमा अस्पतालका प्राविधिक ज्यूहरु द्दारा कुल १७० जना विरामीको आँखा परिक्षण गरिएको थियो जसमध्ये २१ जना विरामीहरुमा मोतिविन्दु फेला परेको थियो । मोतिविन्दु फेला परेका विरामीहरुलाई सैनामैना नगरपालिकाको सिफारिसमा बुटवल लायन्स आँखा अस्पताल, बुटवलमा निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिने जानकारी आँखा शिविर प्राविधिकद्दारा भएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij