फर्साटिकर
भैरब फुटबल क्लबको संघर्षपुर्ण जितसँगै जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भैरब फुटबल क्लबले झरना स्पोर्ट्स क्लब कुञ्जलापुरलाई सडन डेथमा ३–२ ले हराउँदै फाइनल यात्रा पक्का गर्यो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३र३ गोल सहित बराबरी खेलेका थिए ।
आजको खेलमा पेनाल्टी शुटआउटमा विपक्षीका दुई प्रहार जोगाएका भैरब क्लबका गोलरक्षक रोशन थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरेका थिए।प्रतियोगिता अन्तरगत २४ गतेक बिहिबारको सेमिफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब बिरुद्ध पाल्पा ११ पाल्पा बिचहुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिनुभयो ।
फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको खेल पौष २६ गते समापन हुनेछ ।शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, पुष २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्