गुल्मीमा सेवा प्रवाहलाई चुस्त बनाउन प्र.जि.अ. सक्रिय

गुल्मीमा सेवा प्रवाहलाई चुस्त बनाउन प्र.जि.अ. सक्रिय

गुल्मी, (जनता टुडे)  जिल्लामा आउँने अधिकांश प्रमुख जिल्ला अधिकारीहरुले सेवालाई चुस्त बनाउनेतर्फ नयाँ–नयाँ उपायहरु अवलम्बन गरेको पाइन्छ । जसका कारण सेवाग्राहीहरुलाई सहज हुने गरेको छ । प्रायःजिल्लामा आउँने प्रमुख जिल्ला अधिकारीहरुले अवलम्बन गर्ने शैलीले सेवाग्राही र कर्मचारीहरुलाई पनि सेवा प्रवाह गर्न सजिलो भएको पाइन्छ ।

जिल्ला आउँने प्रजिअहरुकै पहलका कारण प्रशासनियक क्षेत्रमा नयाँ कार्यहरु भईरहेका छन् । यस अघि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा जिल्लाको सदरमुकाम तम्घासका विभन्न चोक तथा मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान तथा महत्त्वपूर्ण कार्यहरु भएको थियो । सिसि क्यामरा जडानका कारण सुरक्षाका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसले गर्दा बजार क्षेत्र सिसिटिभिको नियन्त्रणमा रहेको छ ।

अहिले जिल्लामा कोशहरी निरौला प्रमुख जिल्ला अधिकारी रहेनुभएको छ । निरौला जिल्लामा सरुवा भई आएको करिब २ महिना मात्र भयो । उहा यस अघि स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएको थियो । उहाले सेवा प्रवाहलाई चुस्त बनाउन सहायता कक्ष स्थापनासंगै जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना, युरो गार्ड सहितको शुद्ध पिउने पानीको व्यवस्था लगायतका महत्वपूर्ण कार्यहरू गर्नुभएको छ । पछिल्लो समय जिल्ला प्रशासनमा भएको नयाँ कार्यलाई नागरिक तहबाटै प्रसंशा भएको छ ।

कार्यालयमा सेवाग्राहीको सहजताका लागि विभिन्न नयाँ–नयाँ कार्यहरु भैरहेका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले सेवामा एकरुपता ल्याउनका लागि स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने अभियानलाई समेत अगाडि बढाएका छन् । उहाले सेवा प्रवाह गर्ने सन्दर्भमा स्थानीयतहबाट गरिने कतिपय सिफारिसहरुमा एकरुपता ल्याउन आफुहरु जनप्रतिनिधिहरुसँग छलफल र अन्तरक्रियामा जुटेको बताउनुभयो ।

प्रजिअ निरौलाले नेपाली नागरिकता, व्यक्तिगत घटना दर्ता, ऐन र जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका विषयमा स्थानीयतहमा जानकारी गराएको बताउनुभयो । त्यस्तै उहाले कानुनी व्यवस्था सेवाप्रवाहमा रहेका अन्यौलता नीतिगत अस्पष्टता, समस्या समाधान, नागरिकहरुले सेवा प्रवाह गर्दा भोग्नु परेका समस्याहरुको विषयमा समेत स्थानीयतहलाई जानकारी गराउनुभएको छ।

‘स्थानीयतहबाट सिफारिस आउँछन् । कहिले फोटोमा छाँप हुँदैन, बिचमै केरमेर भएको हुन्छ ।’ प्रजिअ निरौलाले भन्नुभयो । यस्ता समस्याका कारण सेवाग्राहीहरुलाई समस्या हुने गरेको भन्दै यसमा एकरुपता ल्याउन अवश्यक रहेको उहाले बताउनुभयो । निरौलाले स्थानीयतह ऐन, नियमका विषयमा अभ्यास्त नभएका कारण त्यस्ता समस्या आउने गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीयतह बीच सम्बन्ध स्थापित गर्दै सेवाप्रवाहका सम्बन्धमा आउने समस्या समाधानका लागि पनि भेटघाट कार्यक्रम महत्वपूर्ण हुने निरौलाको भनाई रहेको छ । छिट्टै नागारिकहरुको गुनासो सुन्ने कार्यक्रम लिएर जिल्लाका सबै स्थानीयतहमा सार्वजनिक सुनुवाइको आयोजना गर्ने प्रजिअ निरौलाले जानकारी दिनुभयो । ‘प्रशासनबाट सञ्चालन हुने नागरीकता, राहदानीका काम हुन् । ‘पहिले राहदानीको पैसा कार्यालयमा बुझ्ने व्यवस्था थियो । तर अहिले बैंकमा बुझ्ने गरी व्यवस्था गरेका छौँ ।’ उहाले भन्नुभयो प्रशासनको हाताबाटै अब माघ पहिलो हप्ता नै बैँकिङ्ग काउण्टर खोल्ने तयारीमा रहेको निरौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij