रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ का विपन्न परिवारलाई सिरक वितरण


शनिबार, पुस २६, २०७६

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ का विपन्न परिवारलाई सिरक वितरण

तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। १५ का विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । जाडो प्रभावित उनीहरुलाई राहतस्वरुप एक÷एक वटा नयाँ सिरक प्रदान गरिएको हो ।
वडाभित्रका ४८ जना विपन्न व्यक्तिलाई फाइबर सिरक प्रदान गरिएको तिलोत्तमा वडा नं। १५ को कार्यालयले जनाएको छ ।
वडा सदस्य शिखा नेपालका अनुसार टोल विकास संस्थाको सिफारिसको आधारमा विपन्न परिवारको पहिचान गरिएको हो । वडाको आकश्मिक कोषबाट सिरकको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार कोटिहवामा आयोजित एक कार्यक्रमबीच नगर उपप्रमुख जागेश्वरी चौधरीले सिरक जाडो प्रभावित परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नुभयो ।
त्यसअवसरमा नगर उपप्रमुख चौधरीले जाडो प्रभावित परिवारलाई न्यानो कपडाको व्यवस्थाले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जाडोमा बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिलालाई विशेष ख्याल राख्न आग्रह गर्नुभयो । जाडो प्रभावितको राहतका लागि नगरपालिकाको समन्वयमा सामुदायिक वनहरुले दाउरा समेत वितरण गरेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष खेमराज गुरुङले विपन्न परिवारको आवश्यकतालाई महशुस गरेर सिरक वितरण गरिएको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो

प्रकाशित मिति : शनिबार, पुस २६, २०७६ , १२:१२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology